भूकम्प पीडितका सहयोग को लागि दुबईमा नेपथ्य
फोटो :फाइल फोटो
दुबई : शान्ति र शिक्षाको सन्देशसहित सांगीतिक यात्रामा निस्केको लोकप्रिय नेपाली ब्यान्ड 'नेपथ्य'को दुबईमा हुन लागेको लाइभ कन्सर्टबाट प्राप्त रकम भूकम्पपीडित नेपालीलाई सहयोग गरिने भएको छ।
भारत, अस्ट्रेलिया, बेलायतलगायतका देशमा सांगीतिक कार्यक्रम प्रस्तुत गरिसकेको नेपथ्य पहिलोपटक दुबई आउन लागेको हो। कार्यक्रम तीन हजारभन्दा बढी दर्शक क्षमता भएको करामाको अल नासर लेजरल्यान्ड क्लबमा मे २१ मा हुने भएको छ।
भूकम्पका कारण पूर्वनिर्धारित कार्यक्रम धमाधम रद्द भइरहे पनि 'नेपथ्य लाइभ कन्सर्ट' भने स्थगित नगरिएको उनीहरूले बताएका छन्। दु:खलाई खुसीमा बदल्ने सशक्त माध्यम संगीत भएकाले पूर्वनिर्धारित सांगीतिक कार्यक्रम स्थगित नगरिएको उनीहरूको भनाइ छ।
आयोजकका अनुसार पहिले व्यावसायिक फाइदाका लागि कार्यक्रम आयोजना गर्ने तयारी गरिए पनि देशले भोग्नु परेको महाविपत्तिमा साथ दिन कार्यक्रमलाई च्यारेटीमा बदलिएको हो।
