बाउ बन्दै प्रचण्डपुत्र प्रकाश

काठमाडौं,जेठ ६ । प्रचण्ड कमरेडलाई अविवाहित कान्छी बुहारीतर्फबाट भने प्राकृतिक प्रकोपकै यो घडीमा सन्तान लाभ हुने  भएको छ । कहिले ल्हार्केल लामाले उपलब्ध गराएको कार त कहिले पल्सर बाइकमा हुइँकिने एकमात्र छोरा प्रकाश दाहाल यतिबेला चितवनमा छन् । दुईवर्ष अघि सगरमाथा अरोहणका दौरान दिल साटेर कान्छि बन्न  आईपुगेकी  विनामगरको कोखबाट प्रकाश दुई हप्ताभित्र बाउ बन्न लागेका आजको जनआस्था साप्ताहिकमा खबर  । पोहोरको संसदीय निर्वाचनमा कन्चनपुरबाट प्रत्यासी रहेकी बिना स्त्रि रोग विशेषज्ञ अचला  बैद्यको निगरानीमा छिन् ।

झ्याइँझ्याइँ बाजा बजाएर  आमाको माइती कास्की हेम्जामा सिर्जना त्रिपाठीसँग बिहे गरेका  प्रकाशका अर्का छोरा  यतिबेला परित्यक्त हालतमा मावलीमै छन् । बैशाख १२ को भूकम्पमा  पानीपोखरी स्थित जापानी दुतावास छेउ  भव्य अपार्टमेन्ट चर्किएपछि  त्यो ठाउँ छोडेर  प्रकाश र बिना  गर्भको सन्तानका खातिर  पाटनतिरि डेरा सरेका छन् ।