महाभूकम्पमा परी ज्यान गुमाउनेहरुको १३ औं दिनको स्मृतिमा'धरहरा'मा मैनबत्ति
काठमाडौ, वैशाख २४ -
महाभूकम्पमा परी ज्यान गुमाउनेहरुको १३ औं दिनको स्मृतिमा राजधानीका
विभिन्न भागमा आज साँझ मैनबत्ति बालिएको छ । विनाशकारी महाभूकम्पले देशभरि ७
हजारभन्दा बढीको ज्यान लियो । राजधानीका धरहरालाई ध्वस्त पार्नुका अलावा
यसले तीनवटै दरबार स्क्वायर लगायत धेरै ऐतिहासीक धरोहरहरुमा पनि क्षति
पुर्यायो ।
सुन्धारा र सानेपामा ज्यान गुमाउने मानिसहरूका साथै भत्किएकाे धरहराकाे पनि स्मृतिमा धराहराकाे मुर्ति बनाएर त्यसमा पनि मैनबत्ति बालियाे ।
बिहीबार साँझ माइतिघर मन्डला, सुन्धारा, बसन्तपुर, सानेपालगायत स्थानमा मैनबत्ति बालेर प्राण गुमाउनेहरुको सम्झना गरियाे ।
तस्विरहरू : लक्ष्मीप्रसाद ङाखुसी, सालिग्राम तिवारी/कान्तिपुर

