महाभुकम्पको बिपतीको मौका पारी डलर दिन्छु भनी ठगी गर्न खोज्ने पक्राउ
काठमाडौँ, बैशाख २९– डलर दिन्छु भनी ठगी गर्न खोज्ने बालाजु शेषमती बस्ने सिन्धुली श्रीतौली–९ घर भएका ३३ बर्षीय रमेश लामा र ३० बर्षीय कमल तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुले सोमबार कपन बस्ने उदयपुर कोल्टेवास घर भएका २५ बर्षीय दिपक अछामीलाई डलर दिन्छु भनी नेपाली पैसा ठगी गर्न लागेको अवस्थामा सादा पोशाकमा खटिएको प्रहरी टोलीले सुन्धाराबाट पक्राउ गरेको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

