भूकम्पपीडित महिलामाथि स्वास्थ्यकर्मीद्वारा यौन दुर्व्यवहा


वीरगन्ज, १९ वैशाख - भूकम्पमा परी घाइते भएकी एक महिला उपचार गर्ने क्रममा चिकित्सकबाटै यौन दुव्र्यवहारमा परेकी छन्। 

यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरीले वीरगन्जको नेसनल मेडिकल कलेजका चिकित्सक रेडियोलोजिस्ट निशान्त यादवलाई नियन्त्रणमा लिएको छ। मेडिकल कलेजको एमआरआई वार्डमा कार्यरत वीरगन्ज १८ भिस्वाका यादवमाथि सर्लाही घर भई महोत्तरी बर्दिबासमा कार्यरत नेपाली सेनाका जवानकी २२ वर्षीया पत्नीलाई शुक्रबार यौन दुव्र्यवहार गरेको आरोप लागेको हो।

भूकम्प गएको बेला बच्चा लिएर भाग्ने क्रममा ढोकामा ठोक्किएर महिलाको टाउको र ढाडमा चोट लागेको थियो। बर्दिबासको शुभ स्वस्तिक अस्पतालमा उपचार हुन नसकेपछि चिकित्सकको सिफारिसमा महिलालाई बिहीबार नेसनल मेडिकल कलेजमा ल्याइएको थियो।

शुक्रबार दिउँसो एमआरआई गर्ने क्रममा स्वास्थ्यकर्मीले आफ्नी पत्नीसँग जबरजस्ती गरेको उनका पतिको दाबी छ। एमआरआई गर्न पत्नीलाई वार्डभित्र लगेपछि ती स्वास्थ्यकर्मीले आफूलाई पटकपटक बाहिर जान दबाब दिएका कारण आफू बाहिर बसेको उनले बताए। दुई घन्टापछि वार्डभित्रबाट बचाऊबचाऊ भन्ने आवाज आएपछि आफू बलजफ्ती वार्डभित्र पसेको र पत्नीलाई अर्धनग्न अवस्थामा फेलापारेको उनले बयान दिए
का छन्।

पत्नीले आफूसँग जबर्जस्ती गर्न खोजेको सुनाएपछि ती स्वास्थ्यकर्मीलाई खोज्दा उनी टेबुलमुनि लुकेको अवस्थामा भेटेको सैनिक जवानको दाबी छ।