एकजना युवा ...आमा र छोरीलाई बारीमा छोडेर आफु परदेशतिर…
आमा र छोरीलाई बारीमा छोडेर आफु
परदेशतिर…
>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>><>
काठमाडौं, वैशाख १९ – शुक्रबार दिउँसो त्रिभुवन अन्तराष्ट्रिय
विमानस्थलमा एकजना युवा घुक्कघुक्क गर्दै रोइरहेका थिए ।...
२२/२५ वर्षका देखिने उनको बायाँ हातमा ठुलो झोला थियो । दायाँ हातमा
रहेको मोवाईल बेलाबेला चलाउथे ।
नजिकै पुगेर सोधेपछि थाहा भयो गोर्खाको मसिल १ का याकुपदिन मिया
मलेसिया जान लागेका रहेछन् । गाउँमा भुईचालोले विस्तापित बनाएका
बुढी आमा र बालख छोरीको सम्झनाले
मियालाई परदेश जाउँ की नजाउँ दोधार भइरहेको थियो ।
भुईंचालोले घर भत्काएको छ । बुढी आमा र
छोरी खुल्ला आकास मुनि बारीमा दिनरात कटाई
रहेका छन् । न खाने कुरा केहि थियो । न आङ ढाक्ने लुगा नै । घर
ध्वस्त भएको र वस्तुभाउ मरेकाले उनको सम्पत्ति
सिरिखुरी भएको छ । दुख जति भएपनि परदेश नजाने हो
भने ऋण काटेर म्यानपावरलाइ बुझाएको रकम कसरि तिर्नु फेरि ?
९ बजेको उडानका लागि बोर्डिङपास लिने बेला भईसकेको थियो । उनको
मन गोर्खाको मसिल गाउँमै थियो । जहाँ अब उनको घर त होइन एक
चोक्टो बारी छ जहाँ आमा र छोरी बसिरहेका
छन् । उनी घरिघरि घरमा फोन गरिरहेका छन् । तर
लागिरहेको छैन । अझैपनि बेलाबेला गोर्खामा भुईंचालोको धक्का महसुस
भैरहेको छ ।
तर त्यो भन्दा ठुलो धक्का त मियाको मनमा छ । छरछिमेक र
आफन्तको सहयोगको आशै छैन । उनिहरुको पनि पिडा कम भए पो
गरुन सहयोग ? गाउँमा कसैका घर ठाडा छैनन् । धेरैले ज्यान गुमाएका
छन् ।
परदेशमा गएर पनि ठुलै प्रगति होला भन्ने त छैन तर यहाँ त त्यति
पनि गर्न नसकिने ठानेर उहाँ परदेशिंदै हुनुहुन्छ । भूकम्प जानु
अघिसम्म त अब मलेशिया गएर दुख जिलो गरेर केही
कमाउँला र घरको दुख्खमा अलिकति भएपनि मल्हम लगाउँला भन्ने
थियो ।
तर हिड्ने बेलामा परेको विपतका कारण अर्को विपत्ति थपिएको छ ।
मलेशिया पुगेपनि मेरो मन गोर्खामै हुनेछ काम कसरि गरौला र खोइ ?
एकछिनको कुराकानीपछि रुवाई केही कम
पारेका याकुपदिनले यति भने र झोलाको खकन दायाँतिरको कुममा भिर्दै
विमानस्थलको टर्मिनलतिर लम्के ।