भूकम्प पीडितहरुलाई जबरजस्ती बाइबल बाँडिँदै
मिडिया एनपी, काठमाडौं । नेपाल शक्तिशाली भूकम्पको चपेटामा परेका बेला क्रिश्चियन धर्मालम्बीका धर्म प्रचारकहरुले उपचारर्थ घाइतेहरुलाई अस्पतालमै पुगेर जबरजस्ती बाइलबल बाँडेका भेटिएको छ । भूकम्पपछिको संकटबाट ‘प्रभुले उद्धार गर्छन्’ भन्दै धर्मप्रचारकहरुले घाइतेहरुलाई जबरजस्ती बाइबल बाँडेका हुन् । धर्मप्रचारकहरुले घाइतेहरुलाई जबरजस्ती बाइबल बाँड्न थालेपछि ललितपुरको लगनखेलस्थित पाटन अस्पतालका चिकित्सकहरुले शुक्रबार कडा प्रतिरोध गरेका छन् ।
