यसरी विस्फोट भयो आर्इफोन 6 (सिक्स)

फोटो :एजेन्सी
एजेन्सी :  एप्पल कम्पनीले केही महिनाअघिमात्रै लन्च गरेको आर्इफोन सिक्स पड्केको छ । भारतको राजधानी नयाँ दिल्लीस्थित गुडगाउँमा आर्इफोन सिक्स पड्केको हो ।
 
गुडगाउँका कृष्ण यादवले फोन गरिरहेका बेला आईफोन सिक्सबाट शुरुमा धुवाँ निस्केर त्यसपछि विस्फोट भएको थियो ।  

कृष्णले १८ जुनमै दिल्लीमा आईफोन सिक्स किनेका थिए । कृष्णका अनुसार शनिबार राति कारमा बसेर बोलिरहँदा अचानक फोनबाट धुवाँ निस्कियो । धुवाँ निस्केपछि उनले फोनलार्इ भुइँमा फ्याकेपछि ठूलो आवाजमा पड्केको थियो ।
फोनधनी कृष्णले घटनापछि आईफोनको केयर सेन्टरमा फोन पड्केको जानकारी गराएका थिए । तर कम्पनीले सुनुवाइ नगरेपछि उनले प्रहरीमा उजुरी दर्ता गरेका छन् ।
 
आवाजसहित पड्केको यो फोनबाट मानिसलार्इ भने केही भएन । आईफोन सिक्सको मूल्य भारतमा करिब ६० हजार रुपैयाँ रहेको छ ।
 
गुडगाउँको बजीराबादमा बस्दै आएका कृष्ण यादवले गुडगाउँको दि मोबाइल स्टोरबाट गत १८ जुनमा यो सेट किनेका थिए ।

उनले बोल्दा बोल्दै फोनबाट धुवाँ आएपछि तत्कालै फोनलार्इ आफूबाट टाढा फ्याकेका थिए । फ्याकेको केही सेकेन्डमै फोन पड्केको हो ।

आगो लागेको आर्इफोन सिक्सले कृष्णको औंलामा मात्र चोट लगेको छ । कृष्णले जलेको फोन लिएर सोमबार आईफोन केयर गइ पुरा घटना बताउँदा पनि चित्त बुझ्दो जबाफ नआएपछि उनी प्रहरीको शरणमा पुगेका छन् ।
केयर सेन्टर आफ्नो कुरा सुनुवाइ नगरेपछि उनले सुशान्त लोक पुलिस कार्यालयमा उजुरी दर्ता गराएका छन् । विश्वमै चर्चित कम्पनीको महंगो फोनमा बोल्दा बोल्दै आगो लागेर पड्केपछि यसको गुणस्तरमा उपभोक्ताले प्रश्न उठाउन थालेका छन् ।