सर्पको मुखबाट बच्चा निकाल्ने बहादुर खरायो (भिडियो)


फोटो :यूट्युब
काठमाडौं: अविश्वसनिय सघंर्ष पश्चात आफ्ना बच्चालाई सर्पको मुखबाट बचाउन सफल खरायोको एक भिडियोले अहिले यूट्युवमा निकै चर्चा पाइरहेको छ । 
 
बच्चालाई छाडेर अन्यत्रै गएको मौकामा एउटा कालो सर्पले धमाधम निल्न लाग्दै गर्दा बच्चाहरु चिच्चाएपछि आमा खरायोको आक्रमक आत्रमण पश्चात सो सर्पलाई लखेट्न सफल भएको भिडियो भाइरल भइरहेको छ ।  
 
भिडियो कुन देश र स्थानमा रेकर्ड गरिएको खुल्न नसकेपनि कुनै घरको आगँनमा खरायो र सर्पको रस्साकस्सी देख्न सकिन्छ ।  
 
सर्पले खरायोको बच्चा छाडेर भाग्न खोज्दापनि आमा खरायोले टोक्दै र चिर्थदै हावामा उडाएर आफ्ना बच्चाको सुरक्षा गरेको छ । दजनौ यूट्युव एकाउण्टमा अपलोड गरिएको सो भिडियो लाखौ मानिसले हेरिसकेका छन् । 
 





भिडियो हेर्नुस् :