२२ वर्षे युवतीको वक्षस्थलभित्र भेटियो डेढ किलो कोकिनको झोल




लागु औषध कारोबारीहरुका पनि कस्ता कस्ता काइदा हुन्छन् भन्या ? एक जना लागु औषध ओसारपसारकर्ता युवती आफ्नो वक्षस्थलभित्र डेढ किलो झोल कोकिन राखेको अवस्थामा पक्राउ परेकी छिन् ।
होन्डुरसकी ती युवतीले आफ्नो सर्जरी गरेर बढाएको स्तनमा डेढ किलो कोकिनको झोल कोचेको पाइएको हो । उनलाई कोलम्बियाको राजधानी बोगोटास्थित विमानस्थलबाट पक्राउ गरिएको हो ।
२२ वर्षकी पाओला डेयानिरा साबिलोन नामकी युवती बोगोटाबाट स्पेनतर्फ जाँदै थिइन् । एयरपोर्ट चेक जाँचका क्रममा उनी निकै हतास भएजस्तो तथा आत्तिएजस्तो देखेपछि अधिकारीहरुलाई शंका लाग्यो र उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा नक्कली वक्षस्थलभित्र कोकिन भरेको खुलेको हो ।
एक्सरेका क्रममा उनको वक्षस्थलमा हालै मात्र सर्जरी गरिएको देखिएको थियो । उनले सर्जरी गरेर आफ्नो वक्षस्थलमा नचिनेको पदार्थ कोचिएको र आफुलाई कसैले त्यो पदार्थ बार्सिलोनासम्म पूराइदिन अह्राएको स्विकार गरिन् ।
attractive sexy brunette girl in bra, big breastsअनुसन्धान अनुसार कोलम्बियाको पेरेरा सहरस्थित एक क्लिनिकमा उनको वक्षस्थलको सल्यक्रिया भएको हो । लागु औषध गिरोहले उनलाई लागु औषध ओसारपसारका लागि प्रयोग गरेको आशंका गरिएको छ ।
वक्षस्थलभित्र कोकिन भरेकी ती युवतीको बोगोटा अस्पतालमा उपचार गरी कोकिन निकालिएको छ र उनको अस्पतालमा थप उपचार भैरहेको छ ।
स्मरण रहोस् कोलम्बिया लागु औषध कारोबारको हब मानिन्छ । त्यहाँ वर्षेनी ३ सय टन कोकिन उत्पादन हुने गर्छ । सो कोकिन लागु औषध कारोबारीले विश्वका विभिन्न देशमा पूराउँछन् ।