फेसबुक चलाउनेहरुलाई खुसीको खवर ! फेसबुकले गर्‍यो नयाँ घोषणा

एजेन्सी । विश्वप्रसिद्ध सामाजिक सञ्जाल फेसबुकले आफ्ना प्रयोगकर्ताहरुलाई मालवेयरबाट बचाउँन विशेष सुरक्षा प्रणाली ल्याएको छ । नयाँ सुरक्षाप्रणालीले प्रयोगकर्ताहरुलाई विभिन्न भाइरस र मालवेयरको आक्रमणबाट बचाउँने छ । फेसबुकले चर्चित एन्टी भाइरस क्यासप्र्सकीसँगको सहकार्यमा यो सुरक्षाप्रणाली ल्याएको जानकारी दिएको छ । फेसबुकले यो सुरक्षाप्रणालीले प्रयोगकर्ताको कम्प्युटरमा रहेका मालवेयर समेत हटाउन सहयोग गर्ने बताएको छ । फेसबुक चलाएको समयमा यो सुरक्षा प्रणालीले काम गर्ने र कम्प्युटरमा रहेका मालवेयर हटाइदिने बताइएको छ । स्रोत : नेपाली हेडलाइन्स