जसले आफ्नै पतिलाई मार्ने आदेश दिइन्

जेठ २७ ,  काठमाडौं : कास्की धम्पुसका प्रेम कुमार गुरूङ र सिंगापुरमा जन्मिएकी अनिता श्रेष्ठबीचको प्रेम सम्बन्ध अन्त्यमा दु:खद घटनामा पुगेर टुंगिएको पाईएको छ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले २०६४ फागुन ५ गते राजधानीको स्वयम्भू ठाडो भर्‍याङमा गुरूङमाथि गोली प्रहार गरी हत्या भएको घटनाबारे अनुसन्धान गर्दा यस्तो रहस्य फेला परेको हो।
जागिरको सिलसिलामा २०५५ तिर सिंगापुर पुलिसमा भर्ना हुन पुगेका प्रेम र सिंगापुरमै जन्मिएकी अनिताबीच प्रेम सम्बन्ध भएपछि विवाह हुन्छ। केही वर्ष सिंगापुर पुलिसमा जाखिर खाएपछि प्रेम अनितालाई लिएर स्वदेश फर्कन्छन्।
सिआईबीका अनुसार २०६२ मा प्रेम पुन जागिरकै सिलसिलामा अफगानिस्तान तर्फ लाग्छन्। पत्नी अनितालाई स्वयम्भू ठाडोभ:याङमा डेरामा राखेर अफगानिस्ता पुगेपछि कमाईको पैसा पत्नी लाई नै विश्वासमा पठाएउँदै हुन्छन् प्रेम।
त्यतिबेला सम्म परपुरू षसँगको सम्पर्कमा लागिसकेकी हुन्छिन् अनिता। तर, प्रेमलाई यसबारे केही थाहाहुँदैन। २०६४ फागुन ४ गते प्रेम पुन काठमाडौं फर्कछन्। साँझ डिनरकालागि भन्दै कोठाबाट निस्कीएका प्रेम पत्नीलाई लिएर मध्यरातमा डेरा फर्कन्छन्। सुत्ने तरखर गरिरहेकै बेला किरण श्रेष्ठ, डेनिश श्रेष्ठ र कर्मा घले कोठा भित्र प्रवेश गर्छन्।
हतियारधारी समुहको व्यवस्था अनिताकै मुख्य योजनामा रहेको प्रेमले त्यतिबेला थाहापाउँछन्, जतिबेला उनी मृत्युको मुखमा पुगिसकेका हुन्छन्। पेस्तोल सहितका केटाहरू कोठा भित्र प्रवेश गरेपछि ' यति राती किन आएको' भन्दै प्रेमले प्रश्न गदैगर्दा डेनिस लगायतकाले गोली हानेर उनको हत्या गरी फरार भएको सिआईबीको अनुसन्धानले देखाएको छ।
तत्कालीन समयमा महानगरीय प्रहरी वृत्त बालाजुले अनिता, किरण र कर्मालाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दा चलाईएको भएपनि डेनिसको संलग्नता स्पष्ट नभएपछि काठमाडौं जिल्ला अदालतले डेनिसलाई मुल्तबीमा राखेको थियो। जबकि अनिताको मुख्य योजनामा उनकै पति प्रेमको हत्या गर्न पेस्तोलको व्यवस्था गर्ने र सहायक योजनाकारको भूमिका डेनिशले नै गरेका हुन्छन्।
सिआईबीका प्रहरी निरिक्षक दधिराम न्यौपानेका अनुसार अनिताले नै पति आउने जानकारी पाएर आफ्ना साथीहरूलाई फोन गरी पेस्तोल बोकेर आउन अह्राएकी हुन्छिन्। आठ वर्ष देखि डेनिश भक्तपुर, काठमाडौंको धोवीचौर, गैरीधारा लगायत स्थानमा डेरा सर्द वसेपनि प्रहरी रेकर्डमा उनको नाम गुमनाम भएपछि उनी पक्राउ पर्नबाट जोगिएका थिए।
२०६४ चैत देखि हालसम्म पाँच पटक सम्म थाईल्याण्ड पुगेर फर्किसकेका उनी हालैपनि थाईल्याण्ड जाने तयारीमा रहेको सिआईबीको अनुसन्धानले देखाएको छ। न्यौपानेका अनुसार डेनिशले पक्राउ लगत्तै आफ्नो अपराध स्वीकार गरिसकेका छन्।
उनले बयानमा प्रेमको हत्यामा उनकै पत्नी अनिताको मुख्य योजनामा भएको बयान प्रहरी समक्ष दिएका छन्। जेठ २२ गते सिआईबीले डेनिशलाई गैरीधाराबाट पक्राउ गरेको थियो। अन्नपूर्ण पोस्टबाट

समाचारसंग सम्बिन्धीत भिडियोका लागि तलको बक्समा क्लिक गर्नुहुन अनुरोध गर्दछौ ।