बिहेकै दिन विधवा भइन् युवती, ‘असफल प्रेम’को दर्दनाक घटना

भनिन्छ, मानिस प्रेममा परेपछि केही पनि देख्न सक्दैन । न उसले सोच्ने क्षमता नै राख्न सक्छ । प्रेमको रोग नै यस्तो हुन्छ कि मानिस जे पनि गर्न तयार हुन्छ । हो, यस्तै एउटा घटना भएको छ भारतको उत्तरप्रदेशको इलाहाबाद जनपदमा । घरपरिवारले बिहे गर्ने अनुमतिबिनै एक जोडीले बिहे गरे । तर,

घरपरिवारले अस्वीकार गरेपछि उनीहरुले सोही दिन विष सेवन गरे । विष सेवनबाट तत्कालै युवकको ज्यान गयो, उनकी प्रेमिकालाई भने अस्पतालमा भर्ना गरिएको छ ।
पुलिसका अनुसार, ज्यान गुमाएका १९ वर्षीय कृष्ण कुमार बीए तेस्रो बर्षका विद्यार्थी हुन् । उनी नजिकै एक गाउँकी युवतीसँग प्रेममा थिए । दुवै परिवारकै आग्रहमा बिहे गर्न चाहन्थे । तर, परिवारले अस्वीकार गर्दागर्दै पनि बिहे गरे । तर, उनीहरुको बिहे केहीबेर पनि टिक्न सकेन् । युवकले संसार छाडिसके भने युवती अस्पतालको बेडमा छटपटाइरहेकी छिन् ।