बिरालो पाल्नुभएको छ ? खबरदार ! तपाइँलाई यस्तो गम्भीर रोग लाग्नसक्छ
तर वैज्ञानिकहरुले गरेको पछिल्लो अध्ययनले भने बिरालो पाल्नु मानिसक स्वास्थ्यका लागि हानिकारक हुने देखाएको छ ।
बिरालोलाई बच्चालाई जस्तै माया गरेर घरमा पाल्नाले मानिसक स्वास्थ्य समस्या विकाश हुने जोखिम रहेको प्रमाण प्राप्त भएको शोधकर्ताहरुले पत्ता लगाएका छन् ।
वैज्ञानिकहरुका अनुसार बिरालोमा हुने परजिवीले मानिसमा संक्रमण गर्ने र सोही कारण मानिसमा सिजोप|mेनिया भन्ने मानसिक रोग सिर्जना हुने जोखिम रहन्छ ।
बच्चामा घरमा पालिएको बिरालोसँगै हुर्किएका बालबालिकाहरुमा पछि वयस्क अवस्थामा सिजोफ्रनिया रोग देखिने शोधकर्ता बताउँछन् । सिजोफ्रेनिया निकै गम्भीर मानसिक बिमारी हो ।
शोधकर्ताहरुले सन् १९८२ मा विभिन्न परिवारलाई शोधिएका प्रश्नावलीबाट प्राप्त जवाफको हालै विश्लेषण गरेर यस्तो निष्कर्षमा पुगेका हुन् । त्यसक्रममा २ हजार १२५ परिवारलाई प्रश्न सोधिएको थियो । त्यस क्रममा साइजोफ्रेनिया रोग देखिएका मध्ये ५०.६ प्रतिशत रोगीको घरमा रोगीको बाल्यकालमा बिरालो पालिएको पाइएको छ ।
साइजोप|mेनिया रिसर्च जर्नलमा छापिएको शोध अनुसार बिरालोमा पाइने टोक्सोप्लाज्मा गोन्डी नामक परजिवी मानिसमा सरेपछि त्यसले संक्रमित मानिसमा मानसिक समस्या सिर्जना गर्दछ । यो परजिवी बिरालोको दिसामा पाइन्छ र मानिसले बिरालोको दिसा छोएमा उक्त परजिवी मानिसमा सर्दछ ।
अमेरिकाको स्टेन्ली मेडिकल रिसर्च इन्स्िटच्युट तथा स्टेन्ली ल्याबोरेटरी अफ डेभलपमेन्टल न्युरोभाइरोलोजीका शोधकर्ताले गरेको पछिल्लो अध्ययनबाट प्राप्त नतिजा यसअघि अमेरिकाको नेसनल इन्स्िटच्युट अफ मेन्टल इलनेसका शोधकर्ताहरुले गरेका विभिन्न दुइवटा अध्ययनको नतिजासँग मेल खाएको बताइएको छ । सन् १९९० को दशकमा गरिएका ती दुइवटा अध्ययनका क्रममा पनि साइजोप|mेनिया रोग र बिरालो पालन बीचको सहसम्बन्ध ५०.९ र ५१.९ प्रतिशत पाइएको थियो ।
शोधकर्ताहरुका अनुसार टोक्सोप्लाज्मा गोन्डी परजिवी मानिसको सरीरमा प्रवेश गरेसँगै रगतको माध्यमबाट मस्तिष्कसम्म पुग्दछ । अनि मस्तिष्कमा सुक्ष्म सिस्ट अर्थात् फुल बनाउँछ । बाल्यवस्थामा मस्तिष्कमा बनेको उक्त सिस्ट मानिस किशोरावस्थामा पुगेसँगै सक्रिय बन्दछ, अनि मानिसमा मानसिक समस्या देखा पर्न थाल्छ । शोधकर्ताहरुका अनुसार उक्त परजिवीले स्नायुप्रणालीको न्युरोट्रान्समिटर अर्थात् स्नायुमार्फत चेतना प्रवाह गर्ने तत्व असर पूराउँदछ ।
शोधकर्ताहरुले यो परजिवीले मानिसमा मानिसक रोग सिर्जना गर्नुका अलावा अन्य विभिन्न जटिल समस्याहरु पनि सिर्जना गने बताएका छन् । यो परजिवीका कारण महिलामा गर्भपतन हुने, भ्रुणको विकाशमा असन्तुलन हुने, रुघाखोकी जस्ता समस्या देखा पर्ने तथा अन्धोपना र मानिसको मृत्युसम्म निम्त्याउन सक्ने बताइएको छ ।
शोधकर्ताहरुले बिरालोबाट टोक्सोप्लाज्मा परजिवी मानिसमा संक्रमण हुन नदिनका लागि आफ्नो घरको बिरालोलाई छिमेकीका बिरालोहरुसँग संसर्ग हुन नदिने, बिरालोको नियमित सरसफाइमा ध्यान दिने तथा बिरालोको दिसा पिसाबको राम्रो सँग व्यवस्थापन गर्नुपर्ने बताएका छन् ।
बिरालो पाल्दा विभिन्न खाले फाइदा हुने भएपनि बिरालोले गम्भीर मानसिक स्वास्थ्य समस्या सिर्जन ागर्ने देखिएको हुँदा ठूलो सावधानी अपनाउनुपर्ने शोधकर्ताहरुको सल्लाह छ । सन् २००८ मा भएको एक अध्ययन अनुसार घरमा बिरालो पाल्ने मानिसमा हृदयाघातको जोखिम ३० प्रतिशतले घट्ने तथा डिप्रेसन र एकलकाटे अनुभुतिबाट पनि मुक्ति पाउने देखाएको थियो ।
पछिल्लो अध्ययनले बिरालो पालन र मानिसक स्वास्थ्य समस्याको बीचमा सम्बन्ध देखाएको भएपनि यो सम्बन्धको सघनता लगायतका विषयमा थप अनुसन्धानको खाँचो रहेको शोधकर्ताहरु बताउँछन् ।