आज :मिति:२०७२ आशाद १० बिहीवार >> तपाईको आजको राशिफल हेर्नुहोस

  • मेष
    चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    शारीरिक सौन्दर्यमा वृद्धि हुनेछ। सामाजिक कार्यमा सुधार आउनेछ। पारिवारिक सद्भाव कायम रहनेछ। रोगबाधक क्षमता वृद्धि हुनेछ।
  • वृष
    इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
    मानसिक चिन्ता बढ्नेछ। शत्रु परास्त हुनेछन्। खर्च वृद्धि हुनेछ। कार्यप्रति स्थायित्व आउनेछ। शारीरिक पीडा बढ्नेछ।
  • मिथुन
    का, कि, कु, घ, ङ, छ, के, को, हा
    व्यवसायबाट धन आर्जन हुनेछ। राजनीतिक कार्यमा सफलता मिल्नेछ। स्वास्थ्यमा समस्या देखिनेछ। सामाजिक कीर्ति बढ्नेछ।
  • कर्कट
    हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    पारिवारिक अन्योल बढ्नेछ। अधुरा कार्य पूरा हुनेछन्। सामाजिक कार्यमा सभागिता बढ्नेछ। बुद्धि बढ्नेछ। यात्रा हुनेछ।
  • सिंह
    मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    धन प्राप्ति हुनेछ। आय आर्जनका स्रोत फेला पर्नेछन्। नेतृत्व क्षमताको विकास हुनेछ। परोपकारको भावना बढ्नेछ। हर्ष बढ्नेछ।
  • कन्या
    टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
    तार्किक क्षमता विकास हुनेछ। पराक्रम बढ्नेछ। कार्यमा उत्साह र विश्वास बढ्नेछ। आर्थिक क्षेत्र सबल बन्नेछ। लेनदेनमा विवाद बढ्नेछ।
  • तुला
    रा, रि, रु, रे, रो, ता, ति, तु, ते
    आत्मविश्वास बढ्नेछ। दैनिक कार्य यथावत् रहनेछ। अध्ययनमा सुधार हुनेछ। मन विचलित रहनेछ। बोलीको प्रभाव बढ्नेछ।
  • वृश्चिक
    तो, ना, नि, नु, ने, नो, या, यि, यु
    स्वास्थ्यमा सुधार हुनेछ। गुरुजनको सहयोग प्राप्त हुनेछ। पराक्रम बढ्नेछ। कार्य सफल हुनेछ। मांगलिक कार्य हुनेछ।
  • धनु
    ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
    राज्यबाट सहयोग प्राप्त हुनेछ। पारिवारिक सद्भाव बढ्नेछ। धार्मिक कार्यमा रुचि बढ्नेछ। भाग्योदयको योग छ।
  • मकर
    भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
    आर्थिक समस्या बढ्नेछ। मानसिक चञ्चलता रहनेछ। स्वास्थ्य सामान्य रहनेछ। वैदेशिक यात्रामा अवरोध हुनसक्छ। मित्र भेट होला।
  • कुम्भ
    गु, गे, गो, सा, सि, सु, से, सो, दा
    सम्पादन कार्य बढ्नेछ। राज्यबाट मानपदवी प्राप्त हुनेछ। पदप्रतिष्ठामा वृद्धि हुनेछ। मनोरञ्जनमा रुचि बढ्नेछ।
  • मीन
    दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
    कृषि कार्यमा उन्नति हुनेछ। दैनिक कार्यबाट अपेक्षित लाभ मिल्नेछ। बन्धुको सहयोग प्राप्त हुनेछ। निर्माण कार्यमा संलग्नता बढ्नेछ।