बिरामीको मृगौलाबाट निकालियो ४ सय २० पत्थर

kidneyसुन्दैमा अचम्म भइन्छ की आखिर यो कसरी सम्भव हुन्छ ? वास्तवमा डाक्टरहरुलाई पनि सुरुमा यस्तै महसुस भयो होला । तर चीनमा एक जना पत्थरीको बिरामीको मृगौलाबाट डाक्टरहरुले ४ सय २० वटा पत्थर निकाल्न सफल भएका छन् ।
५५ वर्षीय ही नामका बिरामीको मृगौलाबाट यति ठूलो मात्रामा पत्थर निकालिएको हो । अत्यधिक टोफु खाने तथा निकै कम पानी पिउने बानीका कारण उनको मृगौलामा यतिधेरै पत्थरी परेको बताइएको छ ।
kidney1अघिल्लो महिना निकै धेरै पेट दुख्ने समस्याबाट प्रताडित भएसँगै पूर्वी चीनको झिजियांग प्रान्तका ही ले अस्पतालमा गई आफ्नो सिटी स्क्यान गराएका थिए । सिटी स्क्यानका क्रममा उनको मृगौला पत्थरीले भरिएको पाइयो । त्यसपछि डाक्टरहरुले उनको मृगौलाको तत्कालै शल्यक्रिया गर्नुपर्ने अन्यथा उनको मृगौला नै फ्याँक्नुपर्ने अवस्था आउनसक्ने चेतावनी दिए र उनको शल्यक्रिया गरियो पनि ।
मृगौलाबाट ४ सय २० पत्थर निकाल्ने शल्यचिकित्सक डाक्टर बेइले आफुले कुनैपनि बिरामीको मृगौलामा यतिधेरै पत्थर पहिलोपटक देखेको बताए । शल्यक्रियाका लागि झण्डै दुइ घण्टा लागेको थियो र त्यसमध्ये ४५ मिनेट त मृगौलाबाट पत्थरी निकाल्न नै खर्चिएको थियो ।