कुमारी छोरी गर्भवती भएपछि परिवारका चार जनाले गरे आत्महत्या

भारतीय संचार माध्यमले जनाएअनुसार भारतमा एकै परिवारका चार सदस्यले आत्महत्या गरेको जनाएको खबर नेपलाजापन डटकमले लेखेको  छ । बलात्कार र यौनजन्य घटनाहरु घटिरहने भारतमा फेरि शारीरिक सम्बन्ध सम्बन्धि एउटा घटना बाहिर आएको छ । जसका कारण एकै परिवारका चार जनाले रातीमा नदीमा कुदेर आत्महत्या गरेका छन् ।

समाचार अनुसार सो परिवारकी एक १९ वर्षीया बालिकाको एक जना  युवकसँग सम्बन्ध थियो । जसका कारण उनी बिहेभन्दा पहिले नै गर्भवती भईन् । भीमसेन नामको सो युवकले उनीसँग बिहे गर्न मानेन । त्यसपछि बेइज्जतीबाट बच्नका लागि परिवारका चार सदस्यले आत्महत्या गरे । युवती, उनका बाबुआमा र भाइले आत्महत्या गरेको भारतीय संचार माध्यमले जनाएका छन् ।

घटनापछि भारतीय प्रहरीले युवतीले प्रेममा धोका पाएका कारण सो घटना हुन पुगेको बताएको छ । आरोपी भिमसेन बिरुद्ध मुद्दा दर्ता भइसकेको छ ।यो खबर नेपालजापान डटकमले लेखेको हो  ।