भीषण पहिरोले ताप्लेजुङमा १२ को मृत्यु, दर्जनौ बेपत्ता
पहिरोग्रस्त क्षेत्रबाट स्थानीयले १२ जनाको शव निकालेका छन्। पहिरोपछि तमोर र मेवा खोलामा बाढी आएकोले नदी आसपासमा रहेका बासिन्दाहरुमा त्रास फैलिएको छ। उनीहरु घर छाडेर सुरक्षित स्थानतर्फ लागेका छन्।
जिल्लाका खोक्लिङ, थिङलाबु, लिवाङ, लिङतेप र खाम्लुङ गाविसमा पहिरोले दर्जनौ घरहरु बगाएको र कैयौ मानिसहरु बेपत्ता र घाइते भएको ताप्लेजुङका सहायक प्रमुख जिल्ला अधिकारी सुरेन्द्र भट्टराईले जानकारी दिएका छन्।
यसैबीच गृह मन्त्रालयले उद्धारका लागि सेनाको हेलिकोप्टर पठाएको छ। बिहान ९ बजे ताप्लेजुङका निर्वाचित सभासद् डम्वरध्वज तुम्वाहाम्फेसहितको टोली उद्धारका लागि हेलिकोप्टर लिएर ताप्लेजुङ आइपुगेको छ।
