रुकुमलाई केन्द्रबिन्दु बनाएर गयो भूकम्प

फोटो :फाइल फोटो
काठमाडौं : शनिबार साँझ रुकुमलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले दिएको जानकारी अनुसार शनिबार साँझ ६ बजेर ८ मिनेटमा रुकुमलाई केन्द्रबिन्दु बनाएर ५.४ म्याग्निच्यूडको भूकम्प गएको हो ।

भूकम्पको धक्का रुकुम, रोल्पा, सल्यान र मध्यपश्चिम र पश्चिमाञ्चलका अधिकांश जिल्लामा महुस भएको थिरुकुमलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको । सो भूकम्पको धक्का काठमाडौं उपत्यकामा पनि महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले यो भूकम्प नयाँ भएको जनाएको छ । वैशाख १२ मा गोरखालाई केन्द्रबिन्दु बनाएर गएको शक्तिशाली भूकम्प गएपछि परकम्प आइरहका बेला रुकुममा नयाँ भूकम्प गएको हो ।