यौन उत्तेजना बढाउन यसरी गर्नुहोस् मालिस
यौन उत्तेजना बढाउन पनि मालिस राम्रो बिधि मानिन्छ । यसका लागि थाइ र छातीमा घर्षणात्मक र सुम्सुम्याहट मालिस बिधि प्रयोग गर्न सकिन्छ । ५० वर्ष कटेका मानिसले यो बिधिमा मालिस गर्दा नपुसंकता हुने सम्भावना कम हुन्छ । अन्य उमेरका मानिसले पनि तनाव र थकानको अवस्थामा यौन उत्तेजना शिथिल हुने भएकाले मालिस गर्नु उपयुक्त हुन्छ । यौन उत्तेजक मालिस गर्दा तातो पानीले नुहाएर मालिस गर्दा रक्त प्रवाह भएर यौन उत्तेजना बढाउन सघाउँछ ।यौन उत्तेजक मालिस गर्दा ध्यान दिनुपर्छ । मालिस गराउने मानिस घोप्टो परेर सुत्नुपर्छ । प्रजनन् अंग मुनि पिठ्यु उठ्ने गरी तकिया राख्नुपर्छ । यो मालिस यौन साथीले गरिदिदा राम्रो मानिन्छ ।किनकी यो बिधिमा बेलाबेलामा यौन अंगमा हात पु¥याउनु पर्छ । पहिला पिठ्युँबाट मालिस सुरु गरेर हिपसम्म लाने ।
डा. जेएन पाण्डे