स्त्री भए पनि पुरुष भएपनि यी ७ कुरा जीवनमा सँधै गोप्य राख्नुस्

पूर्वीय दर्शनमा जीवनमा सँधै गोप्य राख्नु पर्ने केही कुराको चर्चा गरिएको छ । कतिपय कुराहरु हामीले अरुलाई नभन्नु नै श्रेयस्कार मानिन्छ ।

के हुन् त जीवनमा सँधै गोप्य राख्नु पर्ने ७ कुरा ?

१ रतिक्रिडा
कुनै पनि स्त्री र पुरुषबीचको यौनिक क्रियाकलाप अरुसँग भनेर मजा लिने कुरा होइन । जीवनमा यौन सम्बन्धको विषयमा कसैलाई पनि नभन्नुस् । यदि तपाइँले यौन क्रिडाका कुरा अरुलाई भन्न थाल्नु भो भने कुनै न कुनै दिन नकारात्मक परिणाम ब्यहोर्नु पर्ने हुन्छ ।
२ धन हानी 
जीवनमा तपाइँलाई परेको आर्थिक नोक्शानीको विषयमा कसैलाई पनि नभन्नुस् । मानिसहरुले तपाइँको धन हानी हुँदा तपाइँसँग भएको धनबारे जानकारी पाउने मात्र होइन हानी भएका कारण तपाइँबाट टाढिने समेत खतरा हुन्छ ।
३ घर परिवारको झगडा 
परिवारमा झगडा हुनु सामान्य विषय हो । यस्तो कुरा सबैजसो घरमा हुन्छ । यस्ता विषयमा अरुलाई नभन्नुस् । परिवारका झगडा घरभित्र नै गोप्य रहेमात्र समाजमा सम्मानित हुन सकिन्छ । तपाइँको परिवारको झगडा अरुले थाहा पाएमा गलत फाइदा उठाउन सक्छन् ।
४ मन्त्र
गुरुले दिएको मन्त्रलाई पनि गोप्य राख्न पर्ने विषय मानिन्छ । मन्त्र कसैलाई पनि भन्नु हुँदैन किन भने मन्त्रमा शक्ति हुन्छ । गुरुले दिएको मन्त्र सिद्ध हुन सक्छ ।
५ दान
जीवनमा कसैलाई केही कुरा दिइएको छ भने त्यो विषयमा अरुलाई भन्नु हुँदैन । दान धर्म भनेको अरुलाई भनेर गर्ने चिज होइन । दान धर्मको विषयमा अरुलाई भन्नु भो भने यसको फल प्राप्त हुँदैन ।
६ पद प्रतिष्ठा 
पद प्रतिष्ठा प्राप्त भएपछि मानिसहरु मात्तिने हुन्छन् । तर पद र प्रतिष्ठको विषयमा सके सम्म गोप्यता कायम गर्नुस् । पद पाएर मख्ख पर्ने बानी छ भने आजै देखि छोड्नुस् यसले हित गर्दैन ।
७ अपमान
जीवनमा आफू अपमानित भएको कुरा कसैलाई भन्नु हुँदैन । अपमानित भएको विषय अरुलाई भनियो भने तपाइँको मजाक बनाउन सक्छन् । यी ७ कुरा सँधै गोप्य राख्नुस् ।
साभार :  मेडियानपी डट नेट