धादिङलाई केन्द्र बिन्दु बनाएर बिहानै गयो भूकम्प

३ असार, काठमाडौं । धादिङलाई केन्द्र बिन्दु बनाएर बिहीबार बिहान ४.१ म्याग्नेच्यूटको पराकम्पन गएको छ ।
बिहान ८ बजेर २४ मीनेटमा धादिङको बोरङलाई केन्द्र बनाएर ४.१ म्याग्नेच्यूटको पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
earthquake-dhadingबुधबार भने भूकम्पका चार पराकम्पन गएका थिए । सिन्धुपाल्चोकलाई केन्द्र विन्दु बनाएर बिहान ८ बजे ५.१ म्याग्नेच्यूटको पराकम्पन गएको थियो भने बिहान ५ बजेर ५८ मीनेट जाँदा काठमाडौंको कीर्तिपुरलाई केन्द्र विन्दु बनाएर ४.४ म्याग्नेच्यूटको पराकम्पन गएको थियो । त्यस्तै ६ बजेर १४ मीनेट जाँदा सिन्धुपाल्चोकलाई केन्द्र बनाएर ५.२ म्याग्नेच्यूटको तथा सिन्धुपाल्चोकलाई नै केन्द्र बनाएर ६ बजेर २६ मीनेटमा ४ म्याग्नेच्यूको पराकम्पन गएको केन्द्रले जनाएको छ ।
earthquake
यसअघि मंगलबार राति नौ बजेर ५६ मीनेटमा दोलखालाई केन्द्र विन्दु बनाएर ४.१ म्याग्नेच्यूटको पराकम्पन गएको थियो ।
गत वैशाख १२ गते गएको भूकम्पपछि त्यसका पराकम्पन आउनेक्रम जारी छ ।