आफ्नै भाइले गरे दाजुको गोली हानी हत्या

कैलाली, आषाढ ८ । कैलालीको धनगढी नगरपालिका वडा नम्बर–६ जाइमा मंगलबार दिउँसो आफ्नै भाइले गोली हानी दाजुको हत्या गरेका छन् ।
दाजुभाइ भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार रहेको बेला पछाडि बसेका भाइ दिनेश बोहोराले मोटरसाइकल चलाइरहेका दाजुमाथि गोली प्रहार गरेका हुन् ।
दाजुमाथि गोली हानेलगत्तै दिनेश मोटरसाइकल लिएर फरार भएको स्थानीयलेबताएका छन् ।
विगत केही वर्षदेखि भारतमा बस्दै आएका उनीहरुबीच अंशबन्डाको विषयमा विवाद रहेको प्रहरीले जनाएको छ । केही समययता उनीहरु दुबैजना धनगढीमा बस्दै आएका थिए ।
मृतक कुमार बोहोरा चोरी, डकैतीका घटना संलग्न रहेको पनि प्रहरीले बताएको छ ।