पहाडबाट लडेकी महिलालाई फेसबुकले बचायो
पहाड उक्लिने क्रममा लडेर ३ सय ५० फिट तल खसेपछि उनको जिउका २० वडा हड्डी भाँचिइसकेका थिए । त्यसभन्दा तल १ हजार फिटको छाँगो र तल समुद्र थियो । धन्न उनी त्यो खाडलभन्दा माथि छाँगोमा रहेको एउटा रुखमा अडि्कएकी थिइन् र त्यसलाई समाइरहेकी थिइन् ।
बेलायतमा भएको हो यो घटना । स्याण्डी एलकक नामकी ५५ वर्षीय महिलाले गएकेा वर्ष क्रेट टापुमा यो भयानक दुर्घटना भोगेकी रहेछिन् र हालै उनले यस बारेमा सनसनीपूर्ण अन्तरवर्ता दिएकी छिन् । उनी भन्छिन्, ‘म सँग समय थिएन । मैले आपतकालिन सेवा प्रदायक निकायलाई घटनास्थलको जानकारी दिने पूरै कोसिस गरिरहेकी थिएँ तर सफल भइन । म त्यहाँ फसेको आधा घण्टा भन्दा पनि बढि समय भैसकेको थियो र मोबाइल फोनको ब्याट्री पनि सकिनै लागेको थियो ।
त्यसपछि मैले आफ्नो तस्वीर खिचेर फेसबुकमा पोष्ट गरे । त्यसो गरेपछि मलाई अवश्यपनि सहयोग मिल्नेछ भन्ने मलाई लाग्यो ।’ उनले आफु भएको अवस्थाको विषयमा उद्धारकर्मीहरुलाई फोन गरेर बताउने कोसिस गरेपनि उद्धारकर्मीले उनी भएको खास ठाउँको बारेमा भेउ पाउन सकेनन् ।
उनको त्यो काइदा कामयावी बन्यो । फेसबुकमा तस्वीर पोष्ट गरेसँगै स्थानीय एक स्कुवा डाइभरले उनी अडि्कएको ठाउँ पहिचान गरे र उद्धार टोलीलाई उक्त ठाउँको बारेमा बताइदिए । त्यसपछि उद्धारकर्मी गए । उनले लगाएको निलो टिर्सटको आधारमा उनलाई चिन्न सफल भए । झण्डै ८ घण्टाको अनवतरत प्रयासपछि उनलाई उद्धार गरेर अस्पताल लगियो । एजेन्सीको सहयोयमा
