ठगीको आरोपमा बलिउड नायिका पक्राउ
मुम्बई । ठगीको आरोपमा दक्षिण भारतीय नायिका लीना पाल पक्राउ परेकी छिन् । सर्वसाधारणलाई प्रलोभन देखाएर धोका दिएको भन्दै लीना र उनका लिभइन पार्टनर शेखरलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले लीनालाई न्यायिका हिरासतमा राखेको छ भने उनका शेखरलाई प्रहरी हिरासतमा पठाएको छ ।
प्रहरीले जनाए अनुसार लिना र शेखरले पछिल्लो समय नक्कली कम्पनि खोलेर सर्वसाधारणलाई जम्मा गरेको रकमको १० गुणा बढी रकम दिने भन्दै ठगी गरेका थिए ।