सिन्धुपाल्चोकमा बन्दैछ विश्वकै सबैभन्दा ठूलो ॐ टावर
हालै गएको भूकम्पका कारण भत्किएका संरचना, सम्पदाको आकृति र ज्यान गुमाएकाहरुको स्मरणमा सोही स्थानमा स्थम्भ निर्माण गरिन लागेको महासचिव पराजुलीले जानकारी दिए । यी संरचना निर्माण भएसँगै भूकम्पबाट आहात भएका सिन्धुपाल्चोकबासीले रोजगारीको अवसर पाउने भएका छन् ।
ती संरचना निर्माणका लागि १६ रोपनी ट्रष्टको नाममा खरिद गरेको र बाँकी ८४ रोपनी वार्षिक ५ लाख तिर्ने गरी ५० वर्षको लागि भाडामा लिइएको महासचिव पराजुलीले जानकारी दिए ।

यही असारको पहिलो हप्तामाबाट उक्त स्थानमा तारबार घेर्ने, लोकल स्थम्भ र हेलिप्याड बनाउने कार्य सुरु गरिने उनले बताए । जग्गा भाडामा लिने काम सकिएसँगै अहिले सरकारसँग लिने स्वीकृतिको काम पनि अन्तिम चरणमा पुगेकाले केही समय पश्चात नै निर्माण थालिने महासचिव पराजुलीले बताए ।
उनका अनुसार त्यहाँ निर्माण गरिने सबैको संरचनाको विषयमा अहिले इन्जिनियरहरुसँग व्यापक रुपमा छलफल भइरहेको छ । जापान, अमेरिका र बेलायतमा रहेका गैरआवासीय नेपाली संघ (एनआरएन)का सदस्यहरुको सहयोगमा निर्माण गरिने लागिएको उक्त संरचना निर्माणमा करिब एक देखि साढे एक अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको महासचिव पराजुलीले बताए ।