मल्लिकाको भिडियोले बलिउडमा तहल्का (भिडियो सहित)


एजेन्सी ।बलिउडमा ग्ल्यामर छवि बनाएकी मल्लिका शेरावतको पछिल्लो फिल्म डर्टी पोलिटिक्सको ट्रेलरले बलिउडमा तहल्का मच्चाएको छ ।डर्टी पोलीटिक्सको ट्रेलर यू ट्युोमा आठ लाख भन्दा बढी हेरिसकिएको छ । ओम पुरी र मल्लिकाको उक्त अन्तरंग सिन रहेको भिडियोले बलिउड गर्माएको हो ।
सोमबार बलिउडमा लन्च भएको यो भिडियो ट्रेलर यूट्यूव हिट भएपछि मल्लिकाको जादु पुनः एक पटक चल्ने सम्भावना देखिएको छ ।यो चलचित्र राजस्थानका चर्चित भम्वरी देवी हत्या काण्डमा आधारित छ । ती महिलाको भूमिकामा मल्लिका शेहरावत छिन् ।
हेर्नुस् भिडियो
  
यो चलचित्रमा अनुपम खेर, ओम पुरी, नसीरूद्दीन शाह, ज्याकी श्रोफ, अतुल कुलकर्णी र आशुतोष राणा पनि छन् । यस अघि भारतीय झण्डा दुरुपयोग भएको भनेर चर्चामा रहेको यो चलचित्र अव ट्रेलरका कारण बलिउड हिट बनेको छ ।