दुई महिनासम्म पारसलाई निर्मल निवासमा ‘नो इन्ट्री


थाई प्रेमिका कन्निकासँग सम्बन्ध सुरु भएसँगै बिग्रिएको पारस-हिमानी सम्बन्ध सुध्रनुको साटो सम्बन्धविच्छेदको बाटोतिर अघि बढेको छ ।
Nepali-Prince-Parashनिर्मल निवासमा प्रवेश नपाएका पारस आफ्नी काकाकी छोरी शिताष्माको घरमा आश्रय लिएर बसिरहेका छन् ।
निर्मल निवासमा पस्न नपाएकै कारण पारस धीरेन्द्रकी माइली छोरी शिताष्माको घरमा बस्न शुरु गरेका हुन् । कहिलेकाँही उनी छाउनीस्थित बहिनी प्रेरणाको घरमासमेत जाने गरेका छन् । तर, अहिलेसम्म उनलाई निर्मल निवासभित्र छिर्न आमाबाबुले रोक लगाएको बताइन्छ ।
पारस कुण्डलिनी क्बलबाट शिष्ताष्माको घरमा सरेका हुन् । शिताष्माको घर आउनुअघि उनी प्रेरणाको घरमा बस्ने गर्थे ।
पारस थाइल्याण्डबाट फर्केदेखि हिमानीले एकपटक पनि भेटेकी छैनन् । उनका दुई छोरी र एक छोरा भने बुबालाई भेट्न पटक-पटक पारस बसेको ठाउँमा जाने गरेका छन् । पारसले कहिलेकाहीँ छोरालाई घुमाउने पनि गरेका छन् ।
थाइल्याण्ड गएका बेलामा पनि हिमानीले पारसलाई भेटेकी थिइनन् । त्यतिखेर पारस थाइल्याण्डको रुखंइस्थित जेलमा बसिरहेका थिए ।
बिग्रँदो स्वास्थ्य
अहिले पारसको स्वास्थ्यसमेत केही खराव भएको पारसका निकटस्थहरु बताउँछन् । शिताष्माले पारसलाई हेरचाह गरिरहेकी छिन् ।
मुुटुका रोगी पारसले नर्भिक अस्पतालमा नियमितरुपमा फलोअप चेक गरिरहेका छन् । उनी हप्तामा कम्तिमा एकपटक अस्पताल जाने गरेका छन्
पारस बैंककमा हुँदा पनि उनलाई भेट्न शिताष्मामा बेलाबेलामा थाइल्याण्ड जाने गरेकी थिइन् ।
दाम्पत्य जीवनमा उतार-चढाव
पारस थाइल्याण्ड गएदेखि नै हिमानीसँग उनको सम्बन्ध बिग्रन शुरु गरेको हो । त्यसमा पनि बैंककमा पारस प्रेमिकासँग बस्न शुरु गरेपछि हिमानी र पारसवीचको भावनात्मक सम्बन्ध पनि बिग्रन शुरु गरेको हो ।
पारसका साथीहरुका अनुसार अहिले पारस र हिमानवीचको सम्बन्ध कानुनीरुपमा मात्रै बाँकी छ । पारस काठमाडौं फर्के पनि उनीहरु वीचको सम्बन्धमा सुधार हुन सकेको छैन । पारसका आमाबाबुले नै सम्बन्ध सुधार गर्ने प्रयास नगरेको पारसका साथीको गुनासो छ ।
यसैवीच पारसकी थाई प्रेमिका कन्निकाले पारसलाई ‘श्रीमान’ भन्दै फेसबुकमा फोटो पोष्ट गरेको अर्को चर्चा छ । यसले पनि हिमानी र पारसको सम्बन्धमा झनै दरार उत्पन्न भएको बताइन्छ ।
पारसले प्रेमिका कन्निकालाई अझै बिर्सन नसकेको बताउँछन् उनका सहयोगीहरु । बैंककमा अप्ठयारो पर्दा कन्निकाले साथ दिएको र हृदयघात हुँदा उनले नै बचाएको भन्दै पारसले सधैं कन्निकाको नाम लिने गरेको पारसका साथीहरु बताउँछन् ।
तर, पारस र कन्निकाको सम्बन्धमा पनि बेलाबेलामा अवरोध आउने गरेको छ । पारस नेपाल आउने बेलामा कन्निका केही समय सम्पर्कविहीन भएकी थिइन् ।
सम्बन्ध विच्छेदको चर्चा
यसैवीच पूर्वयुवराज पारसले सम्बन्ध विच्छेद गर्न पूर्वयुवराज्ञी हिमानीलाई प्रस्ताव पठाएको चर्चा चल्न थालेको छ । पूर्वराजको परिवारले भने पारसको प्रस्तावलाई अस्वीकार गरेको बताइएको छ । यद्यपि यसको पुष्टि गर्न कसैले पनि चाहेको छैन ।
स्रोतको दाबी अनुसार, केही दिनअघि पूर्वराजा ज्ञानेन्द्र र हिमानी भारत गएका बेला पारसले हजुरआमा रत्नमार्फत यस्तो प्रस्ताव पठाएका थिए । त्यसपछि रत्नलाई भेट्न पारस नारायणहिटी पुगेका थिए । अहिले पनि पारस बेलाबेलामा रत्नलाई भेट्न जाने गर्छन् ।
पारसको प्रस्तावलाई रत्नले जस्ताको त्यस्तै पुत्र ज्ञानेन्द्रलाई सुनाएकी थिइन् । ज्ञानेन्द्र र कोमलले पारसको प्रस्ताबलाई ठाडै अस्वीकार गरेको बताइएको छ । हिमानीलाई आफूहरुले कुनै पनि अवस्थामा छाड्न नसक्ने सन्देश उनीहरुले सुनाएका थिए ।
हिमानी र पारसवीच सम्बन्ध बिग्रनुमा पारसकै गल्ती भएको पूर्वराजपरिवार दम्पतिले आफ्ना नातेदाहरुलाई बताउने गरेका छन् ।
पारस थाइल्याण्ड गएदेखि नै हिमानीले पारसका आमाबाबुको साथ छाडेकी छैनन् ।
पारस थाइल्याण्ड जानुअघि ज्ञानेन्द्र र कोमल नागार्जुनमा बस्ने गरेका थिए भने पारस र हिमानी निर्मलनिवासमा बस्ने गर्थे । पारस थाइल्याण्ड गएपछि ज्ञानेन्द्र, कोमल र हिमानी निर्मल निवासमै बस्ने गरेका छन् ।