एसएलसीको नतिजा आज सार्वजनिक गरिँदै
फोटो :फाइल फोटो
परीक्षा नियन्त्रण कार्यालयले साढे १० बजे बोर्ड बैठक बोलाएर मध्यान १२ बजे एसएलसीको नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ।
परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले परीक्षाफल सार्वजनिक गर्न बिहान साढे १० बजे बोर्ड बैठक राखेर मध्यान्ह एसएलसीको रिजल्ट सार्वजनिक गरिने जानकारी दिए ।
'सबै तयारी पूरा भइसकेको छ, बोर्ड बैठकबाट औपचारिक निर्णय गर्छौं', द्वारले भने, 'मध्यान्ह १२ बजे शिक्षा विभागमा पत्रकार सम्मेन गरी नतिजा सार्वजनिक गर्छौं ।'
'सबै तयारी पूरा भइसकेको छ, बोर्ड बैठकबाट औपचारिक निर्णय गर्छौं', द्वारले भने, 'मध्यान्ह १२ बजे शिक्षा विभागमा पत्रकार सम्मेन गरी नतिजा सार्वजनिक गर्छौं ।'
गत वर्ष जेठ ३० गते नतिजा सार्वजनिक भए पनि यसवर्ष भूकम्पले कार्यालय भवनमा क्षति पुर्याएका कारण केही दिन ढिलो हुने भएको हो ।
परीक्षाफल प्रकाशन गर्ने अन्तिम तयारी गरिएको बताउँदै परीक्षा नियन्त्रक द्वारेले बोर्ड बैठक सकिएपछि अन्तिम रुजु गरेर अपराह्न ५ बजेसम्म परीक्षाफल सार्वजनिक गरिने बताए ।
प्राविधिकको एक साता ढिलो
यस वर्षदेखि सुरु भएको प्राविधिकतर्फको प्रवेशिका परीक्षाको नतिजा भने एक साता ढिलो हुने भएको छ । श्रेणीकरण पद्धतिबाट प्राविधिक तर्फको नतिजा निकालिने द्वारेले बताए ।
'एसएलसी परीक्षाको नतिजा शुक्रबार १२ बजे सार्वजनिक गर्नेछौं', द्वारेले भने, 'त्यसको एक सातापछि मात्रै प्राविधिक एसएलसीको नतिजा सार्वजनिक हुनेछ ।'
'एसएलसी परीक्षाको नतिजा शुक्रबार १२ बजे सार्वजनिक गर्नेछौं', द्वारेले भने, 'त्यसको एक सातापछि मात्रै प्राविधिक एसएलसीको नतिजा सार्वजनिक हुनेछ ।'
यस वर्षको नियमित परीक्षामा पाँच लाख ७४ हजार ६८५, पुनःपरीक्षातर्फ एक लाख ४५ हजार १८३ तथा प्राविधिकतर्फ तीन हजार दुई सय ८८ छन् । परीक्षा गत वर्ष चैत ५ देखि १३ गतेसम्म सञ्चालन भएको थियो । रासस
