आज :मिति:२०७२ आशाद ६ आईतवार तपाईको आजको राशिफल हेर्नुहोस

  • मेष
    चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    आत्मशक्ति बढ्नेछ। खानामा ध्यान दिनुहोला। न्याय प्राप्ति हुनेछ। शारीरिक दुर्बलता बढ्न सक्छ। आध्यात्मिक क्षेत्रमा सुधार आउनेछ।
  • वृष
    इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
    विद्यामा प्रगति हुनेछ। चिन्ता बढ्नेछ। वैदेशिक यात्रा हुन सक्छ। मानसिक परिवर्तन हुनेछ। शारीरिक आलस्यता बढ्नेछ।
  • मिथुन
    का, कि, कु, घ, ङ, छ, के, को, हा
    अधुरा काम बन्नाले मानसिक प्रसन्नता छाउनेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। स्वास्थ्यमा सुधार आउनेछ। न्यायिक पक्ष सबल रहनेछ।
  • कर्कट
    हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    समय अनुकूल रहनाले कार्यमा सुधार आउनेछ। अल्झनमा परेका कार्य बन्नेछन्। कार्यमा सम्मान प्राप्त हुनेछ।
  • सिंह
    मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    दैनिक कार्यमा परिवर्तन हुनेछ। उत्साह बढ्नेछ। आम्दानीका स्रोत फेला पर्नेछन्। धार्मिक कार्यमा सहभागिताको अवसर मिल्नेछ।
  • कन्या
    टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
    प्राविधिक क्षेत्र सबल रहनेछ। कला क्षेत्रमा सुधार आउने देखिन्छ। स्थानान्तरणको योग रहेको हुँदा नयाँ योजना बन्नेछन्।
  • तुला
    रा, रि, रु, रे, रो, ता, ति, तु, ते
    घरायसी समस्या यथावत् रहनेछ। अरूको विश्वास बढ्नेछ। खर्च बढ्नेछ। सम्मान प्राप्ति हुनेछ। मित्रको सहयोग मिल्नेछ।
  • वृश्चिक
    तो, ना, नि, नु, ने, नो, या, यि, यु
    मन प्रसन्न रहनेछ। अध्ययनमा आंशिक सुधार आउनेछ। भाग्योदय हुनेछ। प्रतिस्पर्धा बढ्नेछ। व्यापार व्यवसायमा लाभ मिल्नेछ।
  • धनु
    ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
    सन्तानको सहयोगले कार्य बन्नेछन्। साहित्यिक क्षेत्रमा प्रगति हुनेछ। वैदेशिक व्यापारमा आंशिक सुधार हुनेछ। लक्ष्मी प्राप्त हुनेछ।
  • मकर
    भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
    मनमा द्विविधा बढ्नेछ। अनावश्यक चिन्ताले सताउन सक्छ। राजनीतिक अन्योलताले तनाव उत्पन्न गराउला। नैराश्य बढ्नेछ।
  • कुम्भ
    गु, गे, गो, सा, सि, सु, से, सो, दा
    धार्मिक कार्यमा रचि बढ्नेछ। सिर्जनात्मक कार्यमा प्रगति हुनेछ। दाजुभाइको सहयोग प्राप्त हुनेछ। प्रशंसा बढ्नेछ।
  • मीन
    दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
    स्मृतिशक्ति एवं पराक्रम बढ्नेछ। कृषिकार्य प्रभावित हुनेछ। नयाँ साथी बन्नेछन। दायाँ अंगमा पीडा हुने देखिन्छ। हर्ष बढ्नेछ।