चीनमा पीकेले कमायो १०२ करोड

amir khan
मुम्बई । भारतमा अहिलेसम्मकै सबै भन्दा धेरै कमाउन सफल आमिर खानको फिल्म ‘पिके’ले छिमेकी मुलुक चीनमा पनि नयाँ रेकर्ड कायम गरेको छ । भारतीय संचार माध्यमले जनाए अनुसार यो फिल्मले चीनमा मात्रै १०२ करोड भारतीय रुपैयाँ कमाई गरेको छ ।
आमिर खान अभिनित पीके चीनीया बजारका लागि यस्तो फिल्म हो, जसले यति धेरै कमाई गर्‍यो । चीनमा सबै भन्दा धेरै कमाई गर्ने हिन्दी फिल्म पिके नै हो अहिलेसम्मका लागि । भारतीय फिल्मलाई चीनमा प्रदर्शन गर्दै आएका प्रसाद शेट्ठीका अनुसार २२ मे मा रिलिज भएको पिकेले १ करोड ६७ लाख डलर कमाई गरेको थियो ।
अचम्मको कुरा चीनीया दर्शकले पीकेलाई जर्ज क्लुनीको नयाँ फिल्म ‘टुमारोल्याण्ड’लाई भन्दा बढी मन पराएका थिए । यो फिल्म ५००० हलमा एकसाथ प्रदर्शन भएको थियो । यसअघि आमिरको ‘थ्री इडिएट्स’ लाई पनि चीनीया दर्शकले निकै मन पराएका थिए ।