विवाह गर्नु स्वास्थ्यका लागि फाइदाजनक

marigeएक नयाँ अध्ययनले विवाह गर्नु मानिसको स्वास्थ्यका लागि फाइदाजनक हुने देखाएको छ । अध्ययन अनुसार विवाह पुरुषको स्वास्थ्यका झनै बढि फाइदाजनक हुन्छ । सम्बन्ध विच्छेद भइसकेको मानिसले पुनः विवाह गरेमा समेत उसको स्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने दाबी वैज्ञानिकहरुको छ ।
युनिभर्सिर्टी कलेज अफ लण्डनले गरेको अध्ययनले यस्तो देखाएको हो । शोधकर्ताहरुका अनुसार अविवाहित मानिसको भन्दा विवाहित मानिसको स्वास्थ्य राम्रो हुने तथा आयु पनि लामो हुने गरेको पाइएको छ ।
सन् १९५८ को मार्च महिनामा जन्मिएका ९ हजार जना बेलायतबासीमा यो अध्ययन गरिएको थियो । त्यसक्रममा उनीहरुको मस्तिष्क तथा स्वासप्रस्वासजन्य स्वास्थ्यका साथै समग्र स्वास्थ्य अवस्थाको जाँच गरिएको थियो । त्यसक्रममा सहभागी मध्ये विवाहितहरु अविवाहितकेा तुलनामा बढि स्वस्थ रहेको पाइयो ।
शोधकर्ताहरुले विवाहले पुरुषमा जस्तै महिलाको स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पार्ने भए तापनि विवाहको लाभ पुरुषलाई बढि हुने बताएका छन् । उनीहरुका अनुसार ३० वर्षको आसपासमा बिहे गर्ने महिलाको स्वास्थ्य सबैभन्दा बढि राम्रो हुन्छ ।-एजेन्सी