हाँस्नु ७ फाइदा के-के हुन्छन् त ? हेरिहालौँ-
१. तनाव दूर गर्छ- हाँस्दाखेरि सरीरमा एन्डोफिर्न नामक रसायन उत्सर्जन हुन्छ जसले चिन्ता तथा तनाव कम गर्छ । यो केमिकल व्यायाम तथा दौडका बेला पनि निस्किएको हुन्छ । हाँस्नुले अनुहारको मांशेपेशीको पनि मज्जाले व्यायाम हुन्छ र यसले मस्तिष्कलाई पनि सक्रिय बनाउँछ ।
२. हास्नु तथा मुस्कुराउनुले सरीको रोग प्रतिरोधी क्षमता बढाउँछ । किनकी यसबाट पर्याप्त मात्रामा सेता रक्तकोषको निर्माण हुन्छ तथा विभिन्न खाले हर्मोनको उत्सर्जन पनि हुन्छ ।
३. हास्दा सरीरमा पर्याप्त मात्रामा अक्सिजन प्रवाह हुन्छ । पर्याप्त अक्सिजन फोक्सो, मांशपेशी तथा कोशिकाहरुका लागि अत्यावश्यक हुन्छ ।
४. हाँस्नु सकारात्मक चरित्रको द्योतक पनि हो । जागिरका लागि अन्तरवार्ता होस् वा विवाहका लागि कुराकानी गर्दा होस्, मुस्कुराउनुको ठूलो अर्थ हुन्छ । किनकी यसले व्यक्तिको सकारात्मक मनोभाव तथा आत्मविश्वास झल्काउँछ । मुस्कुराहटले आपसी सम्बन्धलाई पनि आत्मीय बनाइदिन्छ ।
५. हाँसोले रक्तअल्पताबाट पनि बचाउँछ । हाँस्दा सरीरमा पर्याप्त मात्रामा अक्सिजन प्रवाह हुन्छ । जसका कारण रगतमा हेमोग्लोबिनको कमी हुन पाउँदैन ।
६. कुण्ठित भावनालाई उजागर गर्न मुस्कानको ठूलो अर्थ रहन्छ । खुलेर हास्दा कहिलेकाहीँ मनमा छिपेका भावना समेत व्यक्त हुन्छन् । हाँसीहाँसी काम गर्दा कहिलेकाहीँ कठीन काम पनि सजिलै पार लगाउन सकिन्छ ।
७. हाँसनु तथा मुस्कुराउनुले आफ्नो स्वास्थ्य त सबल बन्दछ नै यसले आफ्नो मात्र नभै दोश्रो व्यक्तिको स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पार्दछ । कुनै हँसमुख व्यक्तिलाई देख्दा जस्तोसुकै रिसाएको मानिसको मुहारमा पनि अलिकति भएपनि मुस्कान आउँदछ । अझ मज्जाले हाँसिरहेको मानिसलाई देख्दा त अरुलाई पनि हाँसो उठिहाल्छ । त्यसकारण हाँसोले एक प्रकारको श्रृंखलाबद्ध फाइदा पूराउँछ ।
