आज :मिति:२०७२ आशाद ११ शुक्रबार >> तपाईको आजको राशिफल हेर्नुहोस

  • मेष
    चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    अनावश्यक खर्चमा वृद्धि हुनेछ। पारिवारिक मेलमिलाप बढ्नेछ। दाम्पत्य जीवन सुखमय रहनेछ। व्यवसायमा प्रगति हुनेछ। यात्रा हुनेछ।
  • वृष
    इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
    धन आर्जनमा कमी आउनेछ। मुहार मलीन हुनेछ। अनावश्यक खर्चमा नियन्त्रण हुनेछ। उदासीनता बढ्नेछ। सुख प्राप्त हुनेछ।
  • मिथुन
    का, कि, कु, घ, ङ, छ, के, को, हा
    कार्यमा मन जानेछ। अनावश्यक खर्च बढ्नेछ। शारीरिक परिश्रम बढ्नेछ। रचनात्मक कार्यबाट मनोबल बढ्ने देखिन्छ।
  • कर्कट
    हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    धार्मिक कार्यमा मन जानेछ। व्यापारव्यवसायमा अवरोध उत्पन्न हुनेछ। मन अशान्त रहनेछ। आय आर्जन प्रभावकारी नरहला।
  • सिंह
    मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    व्यापारव्यवसायमा हानि हुनेछ। पारिवारिक सद्भाव बढ्नेछ। अचल सम्पत्तिको व्यापारमा लाभ मिल्नेछ। मनोरञ्जनात्मक गतिविधि बढ्नेछ।
  • कन्या
    टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
    सामाजिक कार्यमा तत्परता रहनेछ। स्वास्थ्यमा सुधार आउनेछ। आध्यात्मिक कार्य बढ्नेछ। अर्थ प्राप्ति हुनेछ। वैदेशिक यात्रा हुनेछ।
  • तुला
    रा, रि, रु, रे, रो, ता, ति, तु, ते
    मुहारमा कान्ति छाउनेछ। स्वास्थ्यमा सुधार आउनेछ। मित्रको सहयोगले कार्यमा सफलता मिल्नेछ। दैनिक कार्यमा सुधार आउनेछ।
  • वृश्चिक
    तो, ना, नि, नु, ने, नो, या, यि, यु
    अध्ययनअध्यापनमा सुधार हुनेछ। पारिवारिक झमेला बढ्नेछ। वैदेशिक कार्यहरू बन्नेछन्। राजनीतिक विवादमा विजय प्राप्त हुनेछ।
  • धनु
    ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
    वैदेशिक व्यापारबाट लाभ मिल्नेछ। कूटनीतिक कार्य विफल हुनेछन्। पारिवारिक सद्भाव बढ्नेछ। व्यक्तित्व विकास हुनेछ। खर्च बढ्नेछ।
  • मकर
    भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
    अध्ययनमा रुचि बढ्नेछ। धार्मिक कार्यमा मन जानेछ। जागिरमा पदोन्नति हुनेछ। कृषिकार्यबाट लाभ मिल्नेछ। श्री प्राप्ति हुनेछ। मातृसुख मिल्नेछ।
  • कुम्भ
    गु, गे, गो, सा, सि, सु, से, सो, दा
    उत्साह, स्फूर्ति बढ्नेछ। सामाजिक कार्य हुनेछ। गरेका कार्यबाट सन्तुष्टि मिल्नेछ। अवरुद्ध रहेका कार्यहरू नियमित हुनेछन्। स्थानान्तरण हुनेछ।
  • मीन
    दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
    शरीरमा आलस्य बढ्नेछ। बिछोडिएका मित्रसँग भेट हुनेछ। मनमा हर्ष बढ्नेछ। यात्रा कष्टदायक रहेछ। दाजुभाइबीच मनमुटाव बढ्नेछ।