छोरो बचाउन ६० वर्षीय बाबु ले यसो गरे...


फोटो :एजेन्सी
एजेन्सी : बुढेसकालको सहारा छोरो नै विमारले थलिएपछि कुन् बाबुको मन नरोला ? बुढेसकालको एकमात्र सहारा छोरोलार्इ गम्भीर रोगले च्यापेपछि चीनका एक पिताले आफ्नो जीवन नै जोखिममा पारेका छन् ।

उत्तरपूर्वी चीनको लिओनिङ प्रान्तका निवासी एक व्यक्तिले आफ्नो छोराको ज्यान बचाउन दुर्इ वर्षमा ४८ पटकसम्म रक्तदान गरेका छन् ।

रक्तकोशिका मर्ने अप्लास्टिक एनिमिया रोगबाट पीडित आफ्नो एकमात्र छोराको ज्यान बचाउन ६० वर्षीय बाबु वाङ चुङपिङले आफ्नो स्वास्थ्यको प्रबाह नगरी दुर्इ सालमा ४८ पटकसम्म रक्तदान गरेका हुन् ।

आफूले रक्तदान गरेपछि सरकरले दिने कार्डका आधारमा छोराको उपचारमा सहुलियत हुने भएपछि उनले ज्यानको समेत प्रवाह नगरी सन् २०१३ देखि अहिलेसम्म ४८ पटक रक्तदान गरेका चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।

अब उनी ६० वर्षका भएका छन् । चिकित्सकहरुले उनलार्इ ६५ वर्षको भएपछि रक्तदान गर्न अनुमति नदिने बताएका छन् । ६५ वर्षपछि रक्तदान गर्न नपाउने चिन्ताले उनलार्इ सताएको छ ।

रक्दान गरेको कार्डका आधारमा छोराको उपचारमा सहुलियत पाइरहेका उनले त्यसपछिको विकल्पबारे सोच्न सकेका छैनन् ।