९२ वर्षकी महिलाको पेटभित्र ‘५० वर्षको बच्चा’ भेटियो


aaa (2)
सुन्दै अनौठो तथा अपत्यारिलो लाग्ने एक समाचार अनुसार दक्षिण अमेरिकी देश चिलीकी एक वयोवृद्धा महिलाको पेटभित्र ५० वर्ष पुरानो ‘बच्चा’ फेला परेको छ । ९२ वर्षकी ती महिलाको पेटमा झण्डै दुइकिलो तौलको भ्रुण फेला परेको हो । त्यो बच्चा ५० वर्ष पुरानो रहेको डाक्टरहरुले बताएका छन् ।
चिलीको सान एन्टोनियो सहरस्थित एक अस्पतालमा डाक्टरहरुले ती महिलाको एक्सरे रिपोर्ट हेरेपछि पेटभित्र भ्रुण रहेको यस्तो तथ्य पत्ता लगाए ।
गर्भ रहेपनि राम्रोसँग भ्रुणको विकाश हुन नसकेको र सो भ्रुण तुहिनु वा जन्मिनुको साटो पाठघेर बाहिर रहेपछि क्याल्सियमको कडा पत्रले छोपेपछि यस्तो अवस्था हुने डाक्टरहरुले बताएका छन् । त्यस्तो प्रक्रियालाई चिकित्सा भाषामा लिथोपेडियन अर्थात् स्टोन बेबी भनिन्छ । त्यसक्रममा पाठेघर भन्दा बाहिर विकशित भएको भ्रुण जन्मिन सक्दैन र त्यो अन्ततः क्याल्सियमको कडा पत्रले घेरिएर डल्लो बन्दछ । त्यसलाई ढुंगे बच्चा भन्न सकिन्छ ।
चिकित्सा इतिहासमा विश्वमा अहिलेसम्म ३ सय वटा यस्ता घटना फेला पारिएको छ । ती महिलाको उपचार गर्ने अस्पतालका डाक्टर मार्को भर्गास लाजोले घटनालाई असाधारण दुर्लभ घटना भनेका छन् । भ्रुण निकै विकशित तथा ठूलो आकारको रहेको र त्यसले महिलाको भुँडीक्षेत्र अर्थात् एब्डोमिनल क्याभिटीको अधिकांस भाग ओगटेर रहेको डाक्टरहरुको भनाइ छ ।
aaa (1)
महिलाको उमेर निकै पाको रहेको र त्यस उमेरकी महिलामा शल्यक्रिया गर्नु जोखिमपूर्ण हुने हुँदा उक्त भ्रुणलाई महिलाको पेटभित्रै जस्ताको तस्तै छाडिएको छ । त्यसैले अस्पतालले उनलाई उपचार विना नै घर पठाएको छ ।
स्मरण रहोस् गएको वर्ष ब्राजिलमा एक ८४ वर्षकी महिलाको पेटभित्र ४४ वर्षको भ्रुण फेला परेको थियो । त्यस्तै सन् २०१३ मा एक ८२ वर्षे वृद्धाको पेटमा पनि यस्तै स्टोन बेबी फेला परेको थियो भने सन् २००९ मा एक ९२ वर्षे चिनिया महिलाको पेटमा ६० वर्षको ढुंगे बच्चा फेला परेको थियो ।
विश्वको चिकित्सा इतिहासमा महिलाको पेटमा ढुंगे बच्चा भेटिएको सबैभन्दा पहिलो घटना भने सन् १५८२ मा भएको थियो । प|mान्सकी ६८ वर्षीया म्याडम कोलोम्ब चट्रीको मृत्युपछि उनको शवको पोष्टमार्टम गर्दा उनको पेटमा २८ वर्ष पुरानो यस्तै भ्रुण फेला परेको थियो ।