जहाज दुर्घटना, हाम्फालेर पाइलट बाँचे
कोलकोता- भारतीय एयरफोर्सको फाइटर जहाज बुधबार उडिसामा दुर्घटनाग्रस्त भएको छ। जहाज दुर्घटनामा दुई पाइलट बाँच्न सफल भएका छन्।दुर्घटनापछि ए-३४९२ जहाज धानबारीमा खसेको थियो। जहाज पृथ्वीमा खस्दा कोही व्यक्ति वा सम्पत्ति क्षति नभएको बताइएको छ। फाइटर जहाज जलेर पूर्ण रुपमा ध्वस्त भएको छ।
जहाज दुर्घटनामा सुरक्षित रहेका पाइलटहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। एक जना पाइलटको अनुहारमा चोट लागेको छ। प्यारासुटबाट हाम्फाल्ने क्रममा उनी घाइते भएको स्थानीय प्रहरीले जनाएको छ।
कलिकुन्डा एयर फोर्स स्टेशनबाट उडेका तीन जहाजमध्ये एउटा दुर्घटनामा परेको हो
source nagarik news
