दोलखा केन्द्र भएर अर्को धक्का

काठमाडौं, जेष्ठ २० । गत वैशाख १२ को ‘गोरखा भूकम्प’पछि पराकम्पन आउनेक्रम अझै रोकिएको छैन । बुधबार मात्रै बेलुकी ६ बजेसम्म चारओटा पराकम्पन आइसकेका छन् ।

बेलुकी ५ बजेर ३८ मिनेटमा दोलखा केन्द्रबिन्दू भएर ४ दशमलव ५ म्याग्निच्यूड र  दिउँसो २ बजेर ३९ मिनेटमा दोलखा नै केन्द्रबिन्दू भएर ४ दशमलव २ म्याग्निच्यूडको पराकम्पन आएको राष्ट्रियभूकम्प मापन केन्द्रले जनाएको छ ।

त्यसअघि, बुधबार दिउँसो १ बजेर ३७ मिनेटमा सिन्धुपाल्चोक केन्द्रबिन्दू भएर ४ दशमलव ५ म्याग्निच्यूड र बिहान २ बजेर ४५ मिनेटमा सिन्धुपाल्चोक नै केन्द्रबिन्दू ४ दशमलव १ म्याग्निच्यूडको पराकम्पन आएको थियो ।

उता, हुम्लामा फेरि अर्को भूकम्प गएको छ । बुधबार बिहान २ बजेर १८ मिनेटमा हुम्लामा ४ दशमलव ७ म्याग्निच्यूडको को भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । उक्त भूकम्पले कुनै क्षति भने नभएको बताइएको छ ।

यसअघि केही दिनअघि मात्र हुम्लामै गएको ४ दशमलव ८ म्याग्निच्यूडको भूकम्पले सदमुकाम सिमीकोटलगायत आसपासका केही घर चर्केका थिए । - See more at: