भुकम्पको खतरा नभएको भन्दै धरानमा ‘मिस एसएलसी

धरान जेसिजले आयोजना गर्न लागेको ‘मिस एसएलसी’ प्रतियोगीताको यहि जेठ २२ गते हुने फाईनल प्रतिष्पर्धाका लागि सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।गत वर्ष धरान सभागृहमा भएको ‘मिस एसएलसी’को फाइनल यसपटक वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित दशहरा हलमा हुँदैछ ।धरान सभागृह जीर्ण अवस्थामा रहेकाले भुकम्पबाट दर्शक र सहभागीको सुरक्षालाई ध्यानमा राख्दै कार्यक्रम स्थल सारिएको मिस एसएलसीका क्रियटिभ डाईरेक्टर शिवराज श्रेष्ठले बताए । बुधबार होटल साँझमा आयोजीत पत्रकार सम्मेलनमा उनले भने-‘दशहरा हलमा पाँचतिर ढोका छन् र बाहिर खुल्ला ठाउँ प्रसस्त भएकाले भूकम्प आएपनि खतरा छैन ।’एसएलसी दिएर बसेका १८ किशोरी सहभागी प्रतिष्पर्धामा विजेताले डिपो उच्च मावीमा निशुल्क कक्षा ११ र १२ अध्ययन गर्ने अवसर र नगद ३० हजार पाउनेछिन् । त्यस्तै फस्ट रनरअप र सेकेन्ड रनरअपले क्रमशः नगद २५ हजार र २० हजार तथा डिपो उच्च मावीमा अध्ययन गर्दा ५० प्रतिशत छुट पाउनेछन् । त्यस्तै उत्कृष्ठ १० जनालाई अध्ययनमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको आयोजकले जनाएको छ । सहभागीहरुलाई आयोजकले एक महिनादेखि विभिन्न प्रशिक्षण दिईरहेको छ ।