बिहानै काठमाडौं उपत्यकामा भूकम्पको धक्का

फोटो :फाइल फोटो
भूकम्पको केन्द्रबिन्दु कीर्तिपुर
काठमाडौं : बुधबार बिहान काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ । 
 
बिहान ५ बजेर ५९ मिनेटमा काठमाडौंको कीर्तिपुर केन्द्रबिन्दु भएको ४.४ म्याग्निच्यूडको कम्पनले करिब ३ सेकेन्डसम्म हल्लाएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। 

त्यसैगरी बिहानै ६ बजेर १६ मिनेटमा पनि अर्को भूकम्पको धक्का महसुस भएको छ। 
 
यसअघि मंगलबार राति दोलखा केन्द्रबिन्दु भएको भुकम्पको धक्का महसुस भएको थियो । मंगलबार राति ९ बजेर ५६ मिनेटमा दोलखा केन्द्रबिन्दु भएको ४.१ म्याग्निच्यूटको भूकम्प गएको थियो ।

त्यसअघि सोमबार दिउँसो ३ बजेर ५२ मिनेटमा सिन्धुपाल्चोक केन्द्र भएको भूकम्प गएको थियो । 
 
वैशाख १२ को शक्तिशाली भूकम्पयता हालसम्म ३ सय ५० वटा बढी ४ म्याग्निच्यूडका भूकम्पका धक्का महसुस भइसकेका छन् ।