“मोदी भन्छन्, ‘सुवास नेम्वाङ देख्यो कि उचालेर पछारौंजस्तो लाग्छ.....उनी हुन् एमाओवादी युवा सभासद् अमनलाल मोदी

काठमाण्डु–भारतमा प्रधानमन्त्री नरेन्द्र मोदी चर्चामा छन् । राष्ट्रिय र अन्तर्राष्ट्रिय मिडियामा एकछत्र छाइरहेका मोदी केही कर्मले, केही प्रतिबद्धताले, केही अभिव्यक्ति कलाले र केही पोलिटिकल स्टण्टहरुले गर्दा सधैं चर्चाको केन्द्रमा छन् । पछिल्लो केही दिनयता नेपालमा पनि एक जना मोदी चर्चामा छन् । तर नेपाली सञ्चार माध्यम र सामाजिक सञ्जालहरुमा नरेन्द्र मोदीको जस्तो नेपाली मोदीका बारेमा सकारात्मकभन्दा नकारात्मक चर्चा बढी छ । उनी हुन् एमाओवादी युवा सभासद् अमनलाल मोदी । यद्यपि मोदी आफ्नो नकारात्मक नभई सकारात्मक चर्चा बढी भएको दाबी गर्छन् संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले गत ५ माघको मध्यरातमा प्रश्नावली समिति गठनसम्बन्धी कार्यसूची पेश गरेपछि त्यसको विरोधमा एमाओवादीसहित विपक्षी सभासदले संसादमा हंगामा मच्चाए । त्यस क्रममा उनीहरुले बैठककक्षका कुर्सी र माइक तोडफोड गर्नुका साथै पटकपटक सभाध्यक्ष नेम्वाङमाथि नै आक्रमणको प्रयास गरेका थिए । त्यसमध्येका एक थिए अमनलाल मोदी । को हुन् मोदी ? ३० वर्षीय मोदीको जन्म मोरङको डंग्राहा गाविस–३ तिलाठे सिर्जनाचोक दोमडीमा भएको थियो । उनका पिता स्वर्गीय पनवलाल मोदी गरिब किसान थिए । मोदी साढे ३ वर्षको छँदा उनका बाबु पवनलालको मलेरियाका कारण अल्पायुमै निधन भयो । त्यसपछि साता छोराछोरीको जिम्मेवारी उनकी आमा बालोदेवीको काँधमा आइलग्यो । बालोदेवीले खेती किसानी र मजदुरी गरेर सात सन्तालाई हुर्काइन् र सकेको जति शिक्षा दिइन् । सभासद मोदी २०५६ सालमा सुनसरी दुहबीस्थित सरस्वती उमाविमा कक्षा नै मा पढ्ने क्रममा माओवादी विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा संगठित भए । पछि उनी अखिल क्रान्तिकारी मोरङको जिल्ला अध्यक्षसमेत भए । ०५७ सालमा भूमिगत भएका मोदी २०६० असोजदेखि करिब दुई वर्ष जेल परे । एमाओवादी कोचिला राज्य समितिका पूर्वसदस्य मोदी हाल थारु राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय सदस्य तथा कोचिला संयोजक छन् ।

यसरी फुटाइयो कुर्सी ५ माघको राति सभाध्यक्षले प्रश्नावली समिति प्रस्ताव गर्नुअघि मोदीले नियमापत्ति गरेका थिए । संविधानसभा नियमावलीमा सामान्य अवस्थामा बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म मात्र बैठक बोलाउन पाइने भए पनि सभाध्यक्षले मध्यरातमा बैठक राखेकाले आफूले नियमात्ति गरेको मोदीले बताए । ‘बैठक सोमबारका लागि भनेर बोलाइएको थियो’, मोदीले भने, ‘तर १२ बजेपछि त मंगलबार सुरु हुन्छ, सभाध्यक्षले साढे १२ बजे बैठकको कारबाही सुरु भएको घोषणा गर्नुभयो, मैले त्यसमा नियमापत्ति गरेको थिएँ । सभाध्यक्ष नेम्वाङ पार्टीप्रति बफादार र भूमिकाप्रति गैरजिम्मेवार भएकाले नियमावलीको व्यवस्थाबारे आफूले ध्यानाकर्षण गराउँदा सुनुवाई नगरेको मोदीको भनाइ छ । आफूहरुको विरोधबीच प्रशनावली समिति गठन प्रस्ताव गरेकाले बाध्य भएर तोडफोडमा उत्रनुपरेको दाबी उनको छ । फोन आएर हैरान ‘जब हामीले संविधानसभामा कुर्सी र माइक तोडफोड ग¥यौं त्यसबेलादेखि फोनमा घण्टी बज्न थाल्यो’, मोदी भन्छन् । उनले आफ्नो जिल्ला मोरङ र देशका विभिन्न स्थानका साथै विदेशबाट समेत टेलिफोन आएको बताए । अधिकांशले आफूहरुको कदमको समर्थन गरेको दाबी गर्छन् मोदी । १० वर्षे जनयुद्ध, १९ दिने जनआन्दोलन, मधेस विद्रोह, महिला, जनजाति, थारु र मुस्लिम समुदायको आन्दोलनबाट स्थापित राजनीतिक एजेण्डा छिन्ने काम भएकाले त्यसको प्रतिकार गर्दा आफूहरुले जनसमर्थन पाएको जिकिर उनको छ । ‘अहिलेसम्म पनि देश विदेशबाट बधाई आउने क्रम रोकिएको छैन’, ‘मोदी भन्छन्, ‘जनताले हाम्रो कदमको विरोध होइन, फेरि लड भनेर उत्साह थपिरहेका छन् ।’ नेपाली समाज वर्गविभाजित भएकाले आफूहरुले गरेका कामको विरोध हुनुलाई उनी स्वभाविक मान्छन् । मोदीले माओवादी र सर्वहारावर्गप्रति अनुदार र निर्वाचनका बेला काँग्रेस–एमालेलाई मत दिएकाहरुले सस्तो लोकप्रियताका लागि सामाजिक सञ्जालहरुमा नकारात्मक प्रचारबाजी गरेको जिकिर गरे ।
iगोल्छेले हान्दा महान्, हामीले हान्दा अराजकता ? नेपालको लोकतान्त्रिक र संसदीय इतिहासमा आफूहरुले गरेको घटना पहिलो नभएको उनले दाबी गरे । एमाले संसाद गोल्छे सार्कीले नेपाली काँग्रेसका उपसभापति एवम् तत्कालिन सभामुख रामचन्द्र पौडेललाई हासउमै जुत्ताले गालामा हानेको प्रसंग कोट्याए । रामचन्द्रलाई चड्काउँदा महान काम गरेको भनेर गर्व गर्ने एमाले नेताहरुले आफूहरुको क्रियाकलापलाई अराजक र जंगली भनेकामा आपत्ति जनाए । ‘हामीले त कसैको गालामा जुत्ता हिर्काएका छैनौं’, उनले भने, ‘गोल्छेले राचन्द्रलाई जुत्ता हान्दा ‘सप्ताह लगाए’ को जसरी प्रचार गर्ने एमालेहरुले आफ्नो अनुहार ऐनामा हेर्नुपर्छ ।’ उनले एमालेले त्यतिबेला प्रतिनिधिसभामा आदा दर्जन कुर्सी र ३६ वटा माइक भाँचेको र क्षतिपूर्तिसम्बन्धी मुद्दा अझै सर्वोच्च अदालतमा विचाराधीन रहेको उल्लेख गरे । सबैभन्दा बढी रिस सुवास नेम्वाङसँग क्षेत्रीय हिसाबले सभाध्यक्ष नेम्वाङ र आफ्नो घरबीचको दूरी टाढा नभए पनि विचारमा निकै टाढा रहेको बताउँछन् मोदी । संविधानसभामा तटस्थ भूमिका निर्वाह गर्नुको साटो काँग्रेस–एमालेको ‘बफादार नोकर’ का रुपमा परिवर्तनका एजेण्डामाथि कैंची चलाउने काम गरेकाले नेम्वाङसँग असाध्यै रिस उठेको उनले बताए । ‘व्यक्तिगत रुपमा हामीबीच कुनै दुश्मनी छैन’, मोदीले भने, ‘तर उहाँ परिवर्तनविरोधीहरुको कित्तामा उभिएका कारण विरोध गर्नु हाम्रो धर्म बन्न गयो ।’ कहिले काहीं एक्ले भेट्दा नेम्वाङलाई ‘उचालेर भुईंमा पछारिदिऔं जस्तो’ लाग्ने उनले बताए । चारवटा कर्सी र चारवटा माइकको मुल्य तीस लाख ? मोदीले आफूहरुले संविधानसभाका चार वटा कुर्सी र चारदेखि पाँच वटा माइक तोडफोड गरेको दाबी गरे । तर संविधानसभा सचिवालयले ३० लाख क्षति मूल्यांकन गरेकामा आफूहरु आश्चर्यचकित भएको उनले बताए । संसद सचिवालयका भ्रष्टाचारीले रकम कुम्ल्याउन बढी क्षति भएको प्रचार गरेको आरोप उनको छ । ‘यो भ्रष्टाचार गर्नका लागि गरिएको प्रचार हो’, उनले प्रश्न गरे ‘चार वटा कुर्सी र माइकको मुल्य तीस लाख कसरी पर्छ ?’ एमाले कार्यकर्ताको हैसियतमा गिरेका सभाध्यक्षले राजनीतिक प्रतिशोध र बदलाको भावनाबाट प्रेरित भएर मिडियामा उक्त प्रकरणबारे बढी प्रचार–प्रसार गराएको आरोप उनको छ । अझै अविवाहित राजनीतिक काममा बढी व्यस्त भएका कारण विवाह गर्न नभ्याएको बताउँछन् मोदी । यद्यपि यही वर्ष बिहे गर्ने उनको योजना छ । विवाहका लागि जीवनसाथी छानिसकेका उनले संविधासभाको काममा बढी समय बिताउनुपरेकाले बिहे गर्न नभ्याएको बताए । परिवारकै सहमतिमा उदयपुर हँडियाकी एक युवतीसँग टीकाटालो गरिसकेका छन् । उनकी भावी श्रीमती विराटनगरमा इन्जिनियरिङ पढ्दैछिन् । अबको योजना मोदीले काँग्रेस–एमालेले संविधानसभामा परिवर्तनका एजेण्डा खारेज गरेकाले आफूहरु जनतामा जान लागेको बताए । विगतमा भएका कमजोरी आत्मसात गरी जनतासँग माफी माग्ने र जनतालाई सर्वहारा वर्ग र उत्पीडित समुदायको पक्षमा गोलबन्द गर्ने योजना रहेको उल्लेख गरे । काँग्रेस–एमाले जनताका वर्गशत्रुका रुपमा देखिएकाले उनीहरुविरुद्ध जनस्तरबाट निर्णायक प्रतिरोधमा उत्रन जनतालाई तयार गरिने बताए ।