News
»
छिमेकीसंग प्रेम गरेको भन्दै आफ्नै बाबुले छोरीको हत्या
छिमेकीसंग प्रेम गरेको भन्दै आफ्नै बाबुले छोरीको हत्या
पर्साको
लापर्साकीमा छिमेकीसंग प्रेम गरेको भन्दै आफ्नै बाबुले छोरीको हत्या गरेका
छन |आफ्नै छोरीको हत्या गरेको रहस्य बाहिर आएपछि किशोरीको बाबु आमा सहित
अन्य चार जनालाई प्रहरीले पक्राउ गरेको छ |
पक्राउ पर्ने रमेश महतोले आवेशमा आएर छोरीको हत्या गरेको खुलेको छ |छोरी फुलपति कुमारीको छिमेकी मुन्ना शाह संग प्रेम रहेको कुरा सुनेपछि उनले रिसमा छोरीमाथि कुटपिट गरेका थिए |१४ बर्षीय फुलपति र शाह बीच कहिले काही भेट हुने गरेको हल्ला गाउभरी फैलिएपछि उनलाई बाबुले कुटेका हुन् |
पुस ८ गते छिमेकी बेल्वा गाविसमा लागेको मेलामा फूलपती बहिनीसँगै गएकी थिइन् र उनले त्यहाँ मुन्ना संग गोप्य रुपमा भेटेको भनि उनकी बहिनीले घरमा आएर बाबु आमालाई सुनाएकी थिईन |यस्तो कुरा सुनेका उनका बाबुले निर्घात कुटपिट गरि हत्या गरेका थिए र हत्या लुकाउन छोरीको शब् उखुबारीमा लगेर जलाई हत्या लुकाउने प्रयास गरेका थिए
source:taja khabar
Labels:
News