अवैध नेपालीलार्इ मलेसियाबाट घर फर्कन अर्को अवसर

फोटो :फाइल फोटो
 मलेसिया : मलेसियामा गैरकानूनीरुपमा बसेका नेपालीलार्इ घर फर्कन त्यहाँको सरकारले अर्को मौका दिएको छ । मलेसियाली सरकारले गैरकानूनी रुपमा बसेका विदेशी कामदारहरुलाई फेरि फेरि ‘स्वदेश फर्क’ अभियान आजदेखि सुरु गरेको हो ।
 
यो अभियानमा हजारौ संख्यामा गैरकानूनी रुपमा मलेसियामा बस्दै आएका नेपालीसहितका विदेशी कामदारहरुले सजिलै स्वदेश फर्कन पाउने छन् ।

मलेसियाको अध्यागमन विभागका पूर्वकर्मचारीको संगठन कोपरासीले यहाँको इमिग्रेसनसँग सहकार्य गरी यो अभियान थालेको कोपरासीका नेपाली अभिन्यता हरिप्रसाद भट्टराइले जानकारी दिए ।

मलेसियाली सरकारले गौरकानुनीरुपमा काम गर्दै आएकालार्इ यसअघि गत वर्षको सेप्टेम्बरदेखि डिसेम्बरसम्ममा पनि ‘स्वदेश फर्क’ अभियान चलाएको थियो । त्यसबेला गैरकानूनी रुपमा मलेसियामा बस्दै आएका १६ हजार नेपाली स्वदेश फर्केको यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।