बुहारी हत्या गरेका ९७ वर्षीय वृद्ध, वृद्धा पक्राउ

रसुवा, फागुन १४ – प्रहरीले जिल्ला अदालतले दोषी ठह¥याएका व्यक्तिको खोजी तीव्र पारेको छ । जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक प्रवीण पोखरेलका अनुसार अदालतले हालसम्म दोषी प्रमाणित गरिसकेका तर फरार रहेका २३ अपराधीमध्ये १६ जनालाई पक्राउ गरिसकेको र बाँकी सात जनाको खोजी तीव्र पारिएको छ । पक्राउ परेकामध्ये बुहारी हत्याकाण्डमा संलग्न धैबुङ –३ धारापानीका ९७ वर्षीय आइतराम तामाङ र सोही उमेरकी उनकी श्रीमती सन्तमाया छन् । उनीहरुले दश वर्षअघि सो वारदात गरेका थिए । “ हाल जिल्ला प्रहरी कार्यालयले पुराना अपराधबारे अनुसन्धान गरिरहेको छ”पोखरेलले भने । रासस