कोरिया मा काम लगाइदिन्छु भन्दै ठग्ने चार जानमध्‍ये युनाइटेड एचआर कन्सल्‍ट्यान्टकी सञ्‍चालक अप्‍सरा श्रेष्ठ ..

फोटो :उमा विष्‍ट (कोरियामा काम लगाइदिने भन्‍दै ठगीमा प्रकाउ परेकी युनाइटेड एचआर कन्सल्‍ट्यान्टकी सञ्‍चालिका अप्‍सरा श्रेष्ठ )
काठमाडौं: कोरियामा काम लगाइदिने आश्‍वासनमा नेपाली युवाहरु दलालको मिलेमतोमा सरकारी निकायबाटै ठगिएका छन्। उनीहरुलाई सरकारको श्रम तथा रोजगार मन्त्रालयका कर्मचारीले दलालसँग घुस खाएर ठगेका हुन्।

यो ठगी प्रकरणमा वैदेशिक रोजगार विभाग र श्रम तथा यातायात मन्त्रालयका कर्मचारी मुछिएका हुन् । दलालबाट कर्मचारीहरुले ३० देखि ५० लाख रुपैयाँ घुस खाएको पीडितहरुले दाबी गरेका छन्।
आफूहरु ठगिएको खबर थाहा पाएपछि युवाहरुले ठगीमा संलग्न गिरोहका चार जानमध्‍ये युनाइटेड एचआर कन्सल्‍ट्यान्टकी सञ्‍चालक अप्‍सरा श्रेष्ठलाई नियन्त्रणमा लिर्इ वैदेशिक रोजगार विभागको तीनकुनेस्थित कार्यालयमा बुझाएका छन्। अप्‍सरालाई वैदेशिक रोजगार विभागको तीनकुनेस्थित कार्यालयमा प्रहरीको हिरासतमा राखी सोधपुछ गरिएको थियो। 
श्रेष्ठसहित चारजनाले कोरियामा कार्गो र पानीजहाजमा काम मिलाइदिने भन्दै ४० जना युवाबाट ४ करोड रुपैयाँ ठगी गरेको पीडित युवाहरुले अन्‍नपूर्णलाई बताए। गिरोहका अन्‍य तीनजना शारदाकुमार मगर, प्रकाश तिवारी र देवान पुन भने फरार छन्।
ठगिनेहरुमा धरान-१३ सुनसरीका शंकर गुरुङ, सामाखुसी काठमाडौंका योगेन्द्र परियार, लमजुङका दाजुभाइ  इन्द्र बहादुर र रुद्रबहादुर अधिकारी, रुपन्देहीका अमरकाजी श्रेष्ठ, धनकुटाका मनबहादुर मगर, धादिङका सानुभाइ सापकोटा,  पाल्‍पालका खिमबहादुर प्रसार्इ, धरानका दिपेन लिम्‍बू र नारायणघाटका सरोज पाण्डेसहित ४० जना छन्।
'हामीबाट उनीहरुले ४ कोरड रुपैयाँ ठगेको पाइयो', ठगीमा परेका शंकर गुरुले अन्‍नपूर्णलाई भने, 'कोरिया उड्न विमानस्थल पुगेपछि मात्र उनीहरुले बनाएका सबै कागजपत्र नक्कली भएको थाहा पायौं।'

ठगी गिरोह मध्ये युनाइटेड एचआर कन्सल्‍ट्यान्टका सञ्‍चालक अप्‍सरा श्रेष्ठलाई नियन्त्रणमा लिर्इ वैदेशिक रोजगार विभागको तीनकुनेस्थित कार्यालयमा बुझाएका छन्। अन्‍य तीन जना शारदाकुमार मगर, प्रकाश तिवारी र देवान पुन भने फरार रहेका छन्।
'हामीलाई कोरियामा जान सहमति भइसकेको भन्‍दै ओरिएन्टेसन कक्षामा लगियो। ओरिएन्टेसन कक्षामा बसेपछि श्रम  स्वीकृति लिएको म्‍यासेज मन्त्रालयको नाममा मोबाइलमा आयो र पैसा बुझाउन भनियो', ठगिएका एक युवाले भने,'मन्त्रालयकै म्यासेज आएपछि हामी ४० जनाले  ८ लाखका दरले कन्सल्‍ट्‍यान्सीमा बुझायौ । श्रम मन्त्रालयलेसमेत कोरियामा काम गर्ने श्रम स्वीकृतिको स्ट्‍याम्‍प लगाइदियो। 
सबै रकम बुझाएपछि कोरिया उड्ने सपनामा बसेका युवा अन्तिम समयमा ठगिएको थाहा पाएपछि छाँगाबाट खसेझैं भए । 'उड्‍ने दिनमो प्रतिक्षामा बस्‍यौं । उड्‍ने दिन आज आउँछ, भोली आउँछ भन्‍दै बारम्‍बर विभिन्न ट्राभल एजेन्सीको टिकट काटेर क्‍यान्‍सिल भएको बहानमा झुलाए', अर्का ठगिएका युवाले भने, '६/७ पटक ढाँटेपछि सरकारी कर्मचारीले नै घुस खाएर हामीलार्इ ठगेको थाहा भयो ।'
ठ्‍गी गर्नेहरुले उनीहरुले  श्रम मन्त्रालयबाट स्वीकृति गराउँदै १२ सय डलर र खाना खर्च/ भत्ता एक सय  गरी १३ सय अमेरिकी डलर तलब आउने आश्‍वासन दिइरहे। तर जब उड्‍ने (२५ र २७ तारिख) दिन तीन जना साथीहरु एयरपोर्ट पुगे। उनीहरु तीनै जनाको टिकट क्‍यान्‍सिल भइसकेको अध्‍यागमन विभागले जानकारी गरायो।
यो खबर सुन्‍ने बित्तिकै हामी सबै जना छाँगाबाट खसेजस्तै भए । आफ्‍ना सबै साथीहरुलाई खबर गरेर उडाउने मध्‍येका एक महिला कन्‍सल्‍यान्‍टलाई नियन्त्रणमा लिएर वैदेशिक रोजगार विभागमा बुझाएका हुन् ।
ठगिएर तनावमा देखिका धरानका शंकर गुरुङले भने, 'सरकारले नै दलालसँग यसरी मिलेर युवाहरुलाई नेपालमै ठगिरहेका छन् भने झन विदेशीहरुले हामीलाई कसरी मुल्‍याङकन गर्छन?'
उनले सरकारप्रति लक्षित गर्दै भने, 'के हामी विदेशमा कमाएर नेपाल सरकारलाई रेमिट्‍यान्‍स बुझाएका छैनौ र? सरकारले चाडै ठगलाई कार्बाही गरोस। जनताको हितमा काम गरोस। होइन भने हामी श्रम मन्‍त्रालय घेर्न तयार छौ।आन्‍दोलनमा जान तयार छौ'  
यस्तै कोरियाबाहेकका विभिन्‍न मुलुकमा काम मिलाइदिने भन्‍दै उनीहरुले अन्य युवाहरुबाट पनि एकएक लाख रुपैयाँ पेश्की उठाएर ठगी गरेको पीडित युवाहरुले बताए। स्रोत--annapurnapost