पति ले लगाए श्रीमतीलाई नै यौनधन्दामा
काँकडभिट्टा – पोखराको कस्मेटिक पसलमा रमाइरहेकी युवती । एक युवकसँगको अप्रत्यासित भेट । निरन्तरको भेटले उनीहरुबीच झागिएको माया । त्यो मायाले फेरेको बिहेको रुप । त्यसपछि निरन्तर धोकै धोका ।
कुनै फिल्मको प्लजस्तै लाग्ने यो सत्यकथा पोखराकी एउटी युवतीको हो । वितेका एकवर्षभित्र उनले जे भागिन्,त्यो पत्याउनै
नसकिने खालको छ । बिहेको बाहनामा उनलाई युवकले आर्थिक र शारीरिक शोषणमात्रै गरेनन्,जवरजस्ती यौनधन्दा गर्नसमेत बाध्य पारे । पत्नी बनाएर नाटक गर्ने ताप्लेजङका २६ वर्षीय प्रताप सेलिङ लिम्बू अहिले प्रहरी खोरमा छन् । युवती न्यायको भीख माग्दै माइती नेपाल काँकडभिट्टाको आश्रयमा छिन् । ‘सुरुमा उसले आफ्नो घर पोखरा नै बतायो,’ युवतीले पीडा सुनाइन्,‘आफू हङकङ लाहुरेको छोरा भनेर ढाट्यो ।’
युवती पनि उनको झुटो कुराबाट मख्ख भइन् । उनले हङकङ लाहुरेको बुहारी बन्ने सपना देख्न थालिन् । यो दुईको प्रेम सम्बन्ध बढेर बिहेमा परिणत भयो । बिहे गर्ने भएपछि मज्जाले चलिरहेको पसल युवतीले बेचिन् । अन्ततः अभिभावककै सल्लाहमा मन्दिरमा बिहे गरिन् । त्यतिबेला युवतीको साथमा ९ लाख जति थियो ।
पछि उनलाई काँकडभिट्टाको एक स्थानीय होटलमा शरीर बेच्न बाध्य पारियो । कतिसम्म भने युवतीले कमाएको पैसा समेत उनले खोसेर लिने गरे । ‘अर्कालाई शरीर सुम्पेर मैले कमाएको पैसाले उसले अरु केटीसँग मोज गरेको थाहा पाएँ’, उनले सुनाइन्,‘त्यसपछि बाध्य भएर प्रहरी गुहारेँ ।’ आजको कान्तिपुर दैनिकमा खबर छ ।