श्रीमतीको हत्या.. सप्तरीको एक युवकले आफ्नी श्रीमती को हत्या गरे

राजविराज, चैत्र १० - सप्तरीको तेरहौता गाविस ५ स्थित नयाँ बस्ती टोलका एक युवकले आफ्नी श्रीमतीलाई मंगलवार चिरपट प्रहार गरी हत्या गरेका छन् ।
रक्सी खाएर मातेका नरेशकुमार राईले २५ वर्षीया श्रीमती सन्तोषी चौधरी राईलाई निधारमा चिरपट प्रहार गरी हत्या गरेका हुन् । चिरपट प्रहारले सन्तोषीको टाउकोमा गम्भिर चोट लागेर उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रहरीले नरेशलाई पक्राउ गरेकाे छ ।   मृतकका शवलाई पोष्टमार्टमकालागि मंगलवारै राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल ल्याएको छ ।