छात्रामाथि तेजाब हान्ने युवकलाई मृत्युदण्डको सजाय सुनाइयो !

बंगलादेश । बंगलादेशको एक अदालतले छात्रामाथि तेजाव हान्ने अरिफउल इस्लामलाई मृत्युदण्डको सजाय सुनाएको छ । सन् २०१२ मा एक स्कूले छात्रामाथि तेजाब हानेको आरोप लागेका इस्लामलाई स्थानीय रंगपुर जिल्लाको अदालतका न्यायाधीश मन्जुरुल बासिदले बुधबार मृत्युदण्डको सजाय सुनाएका अन्र्ताष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
उक्त अदालतले तेजाब हान्ने घटनामा दोषी ठहरिएका इस्लामका दुई सहयोगी अलल मिहा र दुलल हुसैनलाई जन्मकैदको सजाय सुनाएको समाचारमा उल्लेख गरिएको छ । यस्तै अर्का दुई अभियुक्तहरु अरेफिन र रसेललाई भने अदालतले सफाइ दिएको छ ।

सन् २०१२ अगस्ट १३ तारिखमा भएको तेजाव आक्रमणमा परी छात्राले दुबै आँखाको दृष्टि गुमाएकी थिइन् । उनी बंगलादेशको दक्षिणी बाबुखामा बस्दै आएकी थिइन् । अदालतले तीनै जना दोषीबाट एक लाख टका आर्थिक जरिबाना गराउने फैसला पनि सुनाएको छ । सो जरिबाना रकम पीडित छात्रालाई प्रदान गरिनेछ ।
यस बारेमा थप जानकारीका लागि तलको भिडियो हेर्नुहोला !