विराटनगरमा मध्यदिनमै महिला बलात्कृत !!

मध्यदिनमै महिला बलात्कृत प्रहरीद्वारा उद्धार विराटनगर,९ वैशाख विराटनगरस्थित व्यस्त ठाउँमा बेवारिसे महिला मंगलबार मध्यदिउँसोमै बलात्कार हिंसामा परेकी छन् । व्यस्त ठाउँमा बेहोस भएर लडिरहेकी महिलालाई अज्ञात युवकले सबैका अगाडि बलात्कार गरी फरार भएका हुन् ।
 विराटनगर उपमहानगरपालिकाको भानुटोलस्थित कलेजरोड किनारमा अन्दाजी ३० वर्षीया मधेसी मूलकी एक महिला बेहोस अवस्थामा लडेकी थिइन् । राजमार्ग किनारमा एक घन्टादेखि लडेकी उनको कसैले सोधखोज गरेको थिएन । दिउँसो दुई बजे प्लास्टिक टिप्दै आएका एक युवकले बेहोस अवस्थामा लडिरहेकी ती महिलालाई बलात्कार गरेको स्थानीयले बताए । घटनाका प्रत्यक्षदर्शी केही स्थानीय युवाले बलात्कारी युवालाई लात्ताले हिर्काएर भगाउने प्रयत्न गरेका थिए ।

तर, बलात्कारी युवाले भगाउन आएका युवामाथि ढुंगा हानेर प्रतिकार गरेका थिए । बलात्कार गरेपछि महिलालाई अलपत्र अवस्थामै छाडेर उनी फरार भएका थिए । घटना हेरिरहेका स्थानीयले प्रहरीलाई जानकारी दिएनन् । समाचार संकलनका क्रममा नयाँ पत्रिकाकर्मी गणेश लम्साल र मकालु टेलिभिजन संवाददाता आशिष विश्वकर्माले अलपत्र अवस्थामा लडिरहेकी ती महिलालाई देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए । मध्यदिउँसोमै बलात्कारमा परी व्यस्त ठाउँमा बेहोस भएर लडिरहेकी छन् महिला। मध्यदिउँसोमै बलात्कारमा परी व्यस्त ठाउँमा बेहोस भएर लडिरहेकी छन् महिला। प्रहरीले बलात्कृत महिलालाई पानी खन्याएर ब्युँझाई अस्पताल लगेको छ ।

 बलात्कृत महिलाको हाल कोसी अञ्चल अस्पतालको इमर्जेन्सी विभागमा अर्धचेत अवस्थामा उपचार भइरहेको छ । प्रहरीले बलात्कृत महिलालाई अस्पताल लगेपछि अधिकारकर्मी पनि घटनास्थल पुगेका थिए । महिला अधिकारकर्मीले सोधपुछ गरेपछि उनले विराटनगरकै भएको र बलात्कारमा परेको बताएकी छन् । मोरङ प्रहरी प्रवक्ता डिएसपी प्रभुप्रसाद ढकालले भने, ‘महिलाको उद्धार गरेर अस्पताल पुर्‍याएका छौँ । थप अनुसन्धान हुँदै छ ।’ उनले स्थानीयको बयानअनुसार हुलियाअनुसारको व्यक्ति पक्राउ गर्न प्रहरी टोली परिचालन गरिसकिएको जानकारी दिए ।

बेहोस अवस्थामा रहेकी महिलालाई उद्धार गरी अस्पताल लैजाने वडा प्रहरी कार्यालय ‘क’ विराटनगरका इन्स्पेक्टर गोविन्दराज काफ्लेले महिलालाई अज्ञात व्यक्तिले बलात्कार गरेकाले स्थानीयको हुलियाअनुसार खोजी भइरहेको बताए । घटनाका प्रत्यक्षदर्शी पवन ठाकुरले बेहोस अवस्थामा लडिरहेकी महिलामाथि युवकले दिउँसै बलात्कार गरिरहेकामा रोक्ने प्रयास गर्दा ढुंगाले प्रतिकार गरेको बताए ।
यस बारेमा थप जानकारीका लागि तलको भिडियो हेर्नुहोला !
भिडियो हेरी सकेपछि कस्तो लाग्छ अवश्य पनि तपाईको अमुल्य राय, सुझाव, प्रतिक्रिया ( कमेन्ट ) दिन नभुल्नुहोला ! यदि भिडियो सिधै क्लिक गर्दा खुलेन भने भिडियो माथिको फोटोलाई एक क्लिक गरेर हटाईदिनुहोला र हेर्नुहोला।