भूकम्पको त्रास, सडकमै वित्यो रात (फोटो फिचर)

Earth quakes At kathmandu (8)
१३ वैशाख, काठमाडौं । मंगलबार मध्याहृन गएको विनाशकारी भूकम्पले काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा धनजनको ठूलो क्षति गरेको छ ।
विहान ११ बजेर ५६ मिनेटमा गोरखाको बार्पाकलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको थियो । त्यसपछि राति सवा १० बजेसम्ममा २५ भन्दा बढी पटक भूकम्पको धक्का महसुस भएको छ ।
राति अबेरसम्म पनि भूकम्पको धक्का महसुस गरेपछि धेरै मानिस घरमा बस्न सकेका छैनन् । उपत्यकामा संविधानसभा भवन, टुँडेलेखसहितका अधिकांश खुला स्थानमा मानिसहरु जम्मा भएर बसेका छन् ।
Earth quakes At kathmandu (16)
मध्यरात १२ बजे विभिन्न स्थानमा जाँदा पनि मानिसहरु जागेका थिए । उनीहरुको अनुहारमा कति बेला भूकम्प आउँछ भन्ने डर प्रष्टै देखिन्थ्यो ।
भूकम्पमा धराहरा, बसन्तपुरसहितका ऐतिहासिक स्थानहरु ध्वस्त भएको छ । काठमाडौं उपत्यकामा मात्र ७७० जनाको मृत्यु भइसकेको छ ।
Earth quakes At kathmandu (1) Earth quakes At kathmandu (2) Earth quakes At kathmandu (3) Earth quakes At kathmandu (4) Earth quakes At kathmandu (5)